Feb 3, 2023
बुटवल । लिटिल स्कूल स्टार जुनिएरको उपाधि रियोना भुसाल र निशांक रामा मगरले हासिल गरेका छन् । एसपिएम क्रियशनको आयोजनामा बुटवलमा सम्पन्न प्रतियोगितामा अन्य प्रतियोगीलाई पछि पार्दै उनीहरुले सो उपाधि जितेका हुन्।त्यसैगरी आफ्रिन बेगम र रियश थापाले लिटिल स्कूल स्टार लुम्विनीको उपाधि जितेका छन्। कोभिड–१९को त्रास बीच सुरक्षा सतर्कताका साथ सम्पम्न विजेता घोषणा कार्यक्रममा सन्जना भण्डारीले मिसटिन लुम्बिनी–२०२०को ताज पहिरन सफल भइन्।
कार्यक्रममा एसपिएम कृयशनका प्रमुख पवन आचार्यको अध्यक्षता ,लुम्बिनी प्रदेशकी सांसद दिपा विश्वकर्माको प्रमुख आतिथ्यता र अधिकारकर्मी आनिक रानाको विशेष आतिथ्यता रहेको थियो । त्यसैगरी युथ आइकन तथा अभ्यानी प्रोडक्सनका प्रमुख अभिविन्द खनिया, फेसन कोरियोग्राफर सुजित बस्याल तथा मिस लुम्बिनी कल्चरकी विजेता अलिशा श्रेष्ठ निर्णायकको भूमिकामा रहेका थिए।
प्रतियोगिताको उपविधातर्फ मस्ट एकटिभ तथा मस्ट फ्रेन्डली सिद्देश न्यौपाने, मस्ट कन्फिडेन्ट निशांक राना मगर,बेस्ट वाक तथा मस्ट ह्यान्डसम रेहान अलि, मस्ट ट्यालेन्ट रियोना भुसाल, बेस्ट पर्सनालिटी तथा मस्ट चार्मिंङ्ग सुप्रिम पोख्रेल, मस्ट डिसिप्लिण्ड तथा लिटिल पपुलर संजोग खड्का, मस्ट फोटोजेनिक आफ्रिन बेगम, मोस्ट इन्टेलेक्चूअल रियास थापाले प्राप्त गरेका छन् ।
त्यसैगरी प्रतियोगिताको टिनतर्फ मिस ट्यालेन्ट सन्जना भण्डारी, मिस ब्यूटिफुल तथा फेसन आइकन अर्जिना अधिकारी, मिस फोटोजेनिक तथा बेस्ट वाल्कको विधामा कविता महतो छनौट भएका छन् । उनीहरुलाई कार्यक्रमका अध्यक्ष ,प्रमुख अतिथि , विशेष अतिथि लगाएतले सम्मान गरेका थिए ।
प्रतिकृया दिनुहोस्