ताजा अपडेट »

प्रदेश ५ मन्त्रिपरिषद्का निर्णय सार्वजनिक : राहतदेखि विदा

विहीबार, १२ बैशाख २०७६, १५ : ५४
4 Shares


विपत्तिमा मृत्यु भएका ५१ जनाको परिवारलाई एक- एक लाख रुपैयाँ राहत


वैशाख १२,

बुटवल । प्रदेश ५ मन्त्रिपरिषदको बैठकको पछिल्लो बैठकको निर्णय सार्वजनिक गरिएको छ । बिहीबार बसेको प्रदेश नम्वर ५ को बैठकले प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा भएका दैविक विपत्तिका घटनाका पीडित परिवारलाई राहत दिने निणर्य गरेको छ ।

०७४ फाल्गुन ३ गतेदेखि ०७५ पौष मसान्तसम्म आगलागी, चट्याङ, बाढी, पहिरो लगायतका विपत्तिमा परी मृत्यु भएका ५१ जनाको परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको हो ।सरकारका प्रवक्ता तथा भैतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीका अनुसार बैठकले दाङको राप्ती गाउँपालिका वडा नम्वर ७ बसन्तपुरमा अन्तरर्राष्ट्रियस्तरको रंगशाला बनाउने तथा दाङकै घोराही उपमहानगरपालिका वडा नम्वर १६ स्थित नेत्रलाल अभागी रंगशाला र बुटवल उपमहानगरपालिका वडा नम्वर १३ स्थित उजीर सिंह रंगशालाको स्तररोन्नति गर्ने निर्णय गरेको छ ।


त्यसैगरी मन्त्री परिषदले ६ वटा नयाँ बिदाहरु तय गरेको छ। जस अनुसार ४ वटा प्रदेशभर लागू हुने, १ दिन स्थानीय तहले र अर्को १ दिन स्थानीय समुदायमा आधारित बिदा रहेका छन् । बकर ईदको अवसरमा १ दिन, माघे संक्रान्ति तथा माघीमा २ दिन र प्रदेश स्थापना दिवसमा १ दिन गरी ४ दिन प्रदेशभर बिदा रहनेछ । अन्य २ दिनमा भने स्थानीय पर्वको लागि स्थानीय तह आफैले बिदा गर्न सक्ने र अर्को १ दिनको बिदा समुदायमा आधारित बिदा हुनेछ। परिषदले अतहरी, भूमिया पुजा लगायतका दिनमा सो पर्व मनाउने कर्मचारीहरुले बिदा लिन सक्ने निर्णय गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।