२२ असार २०७९, बुधबार

Jul 6, 2022

वैशाख १२,

Advertisement

थाइल्याण्ड विरुद्धको खेल वर्षाका कारण रद्द भएपछि नेपाल यू–१६ इस्टर्न रिजन क्रिकेटको समूह ए को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेटमा नेपालले थाइल्याण्डलाई २३५ रनको विशाल लक्ष्य दिएको थियाे । थाइल्याण्डको चियाङमाईमा भएको खेलमा घरेलु टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ३५ ओभरमा ७ विकेट गुमाउँदै २३४ रन बनायो ।

नेपालको इनिङमा आएश भट्टराईले अर्धशतकीय योगदान दिए । उनले नौ चौका प्रहार गर्दै ५८ रन जोडे ।यस्तै कप्तान विशाल विक्रम केसीले पनि ३१ बलमा ३८ रन बनाए । उनले चार चौका र दुई छक्का प्रहार गरेका थिए । दिपक बोहराले ३६ बलमा पाँच चौका र एक छक्कासहित ३५ रन जोडे । आठौं विकेटका लागि विशाल कुमार पटेल र निखिल कुमार सिंहले २४ बलमा ४२ रनकाे  साझेदारी गरेपछि नेपालले २३४ रन बनाएको हो । व्यक्तिगततर्फ विशालले २३ बलमा पाँच चौका प्रहार गर्दै २८ रन बनाए । त्यस्तै निखिलले १२ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै २२ रन जोडे । बलिङतर्फ नाराविट नुन्टाराचले तीन विकेट लिए भने योद्सक सारानोनाकुनले दुई विकेट लिए ।

जवाफमा थाइल्याण्ड एक ओभर ५ बलमा खाता खाेल्न नपाउँदै १ विकेट गुमाएपछि भारी वर्षा सुरु भएकाेले खेल राेकिन पुग्याे । त्यसपछि खेल सम्भव नहुँदा म्याच अम्पायरले खेल रद्द भएकाे घाेषणा गरे । जसका कारण दुवै टिमले एक एक अंक बाँडे ।याे खेलबाट एक अंक जाेडेकाे नेपालले तीन खेलमा ५ अंकका साथ समूह एकाे शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्न सफल भयाे ।

प्रतिकृया दिनुहोस्

Flash News

दाङको तुलसीपुर पूर्णखोप सुनिश्चिता उपमहानगर कोरोना संक्रमढा बढ्यो, बधुबार थपिए ११३ संक्रमित दार्चुलामा तुइनबाट खसेर किशोर बेपत्ता तुलसीपुरको फोहोरबाट प्राङ्गारिक मल उत्पादनको तयारी भारत र कुवेतमा महिला बेचबिखन गर्ने कार्यमा संलग्न तीन जना पक्राउ प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न १० अर्ब खर्च हुने मंसिर २ मा एकै चरणमा प्रदेश र प्रतिनिधिसभाका निर्वाचन गर्न सिफारिस भात पकाउन नेपालीले वर्षेनी किन्छन् ५१ करोडभन्दा बढीको राइस कुकर मैले सीसीटिभीको फुटेज डिलिट गरेको छैन, यसको ज्ञान पनि छैन : शर्मा अर्थमन्त्री शर्माले दिए राजीनामा अर्थमन्त्री शर्माको भाषण एमालेद्वारा बहिस्कार बस दुर्घटना, पाँच जना घाइते अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म उनको कुरा सुन्दैनौं : भट्टराई यु-२० टिममा स्थान बनाउन डेनमार्कदेखि काठमाडौंसम्मकाे यात्रा अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन जोनसनलाई एकपछि अर्को झट्का, थप दुई मन्त्रीले दिए राजीनामा ४४ वर्षअघि लेखिएको मेसेज फेला परेपछि… असार २६ गते सार्वजनिक विदा चौधरी ग्रुपको स्पष्टीकरणः बजेट निमार्णमा हाम्रो कुनै संलग्नता छैन, छानबिन होस् वीरगञ्ज महानगरले घटायो सम्पत्ति करको दर