ताजा अपडेट »

लुम्बिनी प्रदेशको सान ‘लुम्बिनी वाणिज्य क्याम्पस’

बुधबार, ०१ पुस २०७७, १७ : ३७
62 Shares

लुम्बिनी वाणिज्य क्याम्पसले विश्वविद्यालय शिक्षामा आफ्नो छुट्टै पहिचान स्थापित गरेको छ । व्यवस्थापन शिक्षामा विशिष्टिकरण गर्दै आफ्नो छुट्टै ब्राण्ड बनाउन सफल लुम्बिनी वाणिज्य क्याम्पस सामुदायिक क्याम्पसहरुमध्ये देशकै उत्कृष्ट क्याम्पस हो । यहाँ स्नातक र स्नातकोत्तर तहमा व्यवस्थापन विधाका विभिन्न शैक्षिक कार्यक्रम सफलतापूर्वक सञ्चालन भैरहेका छन् । विश्वविद्यालय अनुदान आयोगबाट निरन्तर गुणस्तर प्रत्यायन प्राप्त यो क्याम्पस मानित विश्वविद्यालयमा रुपान्तरण भएर आफ्नो शैक्षिक सेवा विस्तार गर्ने महत्वाकांक्षा सहित तयारीमा जुटेको छ ।

कक्षा १२ को अन्तिम परीक्षा दिएर बसेका विद्यार्थीहरु अब छिट्टै प्रकाशन हुने नतिजासँगै विश्वविद्यालय तहको शिक्षामा प्रवेश गर्दैछन् । आजकाल ब्यवस्थापन शिक्षा प्रतिको आर्कषण बिश्वब्यापी रुपमा बढ्दो छ । त्रिभुवन व्श्विविद्यालयमा भर्ना (इनरोल) हुने कुल विद्यार्थी संख्यामा ब्यवस्थापन संकाय रोज्ने विद्यार्थीको संख्या करिब आधाजसो देखिन्छ । २१औं शताब्दीको ब्यवस्थापन शिक्षा केवल ब्यवस्थापन र वाणिज्यशास्त्र अध्यापनमा मात्र सिमित हुनुहुैंन । अध्ययन–अध्यापनका क्षेत्रमा ब्यापक विस्तार भइरहेको हुँदा आजभोलि यसलाई ब्यवसायिक शिक्षा (बिजनेश एडुकेसन) भनिन्छ । त्यस्तै शिक्षालयहरुलाइ विजनेस स्कूल । चलनचल्तिको भाषामा कमर्स विषय भनेर पनि बुझिन्छ । यद्यपी आजकाल कमर्स शिक्षाको क्षेत्र निकै विस्तारित भएको छ । विजनेश एडुकेशन अर्थात ब्यवसाय शिक्षा कार्यक्रम मार्फत बिद्यार्थीलाई ब्यवस्थापन र उत्पादन कार्यसँग सम्बन्धित आधारभुत सिद्धान्त सिकाइन्छ । यस्ता कार्यक्रमको उद्धेश्य ब्यवस्थापनसँग सम्बन्धित निर्णय प्रक्रिया, दर्शन, सिद्धान्त र मनोविज्ञान तिनीहरुको ब्यवहारिक प्रयोग र नया“ ब्यवसाय शुरुवात कसरी गर्ने, सञ्चालन कसरी गर्ने भन्ने विषय अध्यापन गरिन्छ।

धेरैको बुझाइमा कमर्स पढाई कार्यालय सञ्चालन र लेखाशास्त्र केन्द्रित हो कि भन्ने बुझाई छ । यथार्थमा व्यवस्थापन विधाको शिक्षा व्यवहारिक र प्रायोगिक हुन्छ । जीवनोपयोगी हुन्छ । परम्परागत कमर्स शिक्षा भन्दा अग्रगामी पनि छ । ‘म्यानेजमेण्ट’ शब्द निकै प्रचलित ‘क्लीशे’शब्द भएको छ आजकाल । जानी–नजानी, बुझी–नबुझी जसलेपनि यो शब्द प्रयोग गरिरहेको पाइँन्छ । वास्तवमा व्यवस्थापकीय सीप र कौशल गैरव्यवसायिक क्षेत्रमा पनि उत्तिकै काम लाग्दछ ।

लुम्बिनी वाणिज्य क्याम्पसमा स्वायत्त शैक्षिक कार्यक्रम
स्वायत्तताको अभ्यास वास्तवमा शिक्षामा विकेन्द्रिकरणको अभ्यास हो । अन्तर्राष्ट्रिय स्तरको भिन्नै गुणस्तरिय शिक्षा प्रदान गर्ने साधन हो । नेपालको सन्दर्भमा भने यो नौलो अभ्यास हो । विश्वविद्यालय शिक्षा प्रणालीमामा आवद्ध क्याम्पसहरुलाई स्वायत्तता दिने त्रिविको नयाँ नीति हो । चाहना नेपालको गुणस्तरिय शिक्षामा सुधार ल्याउने । नीतिले स्वायत्त क्याम्पसलाई मानव शंसाधनलाई सम्पत्तिको रुपमा व्यवस्था गर्ने, श्रोत जुटाउने। विद्यार्थी भर्ना लिने जस्ता अधिकार प्रदान गरेको हुन्छ ।

यसो हुँदा क्याम्पसहरु अझ सिर्जनशिल र सांगठनिक रुपमा चुस्त–दुरुस्त हुन प्रेरित हुन्छन् भन्ने मानिएको छ । श्रोत साधनको अधिकतम प्रयोग/सदुपयोग हुन्छ । अहिले त्रिविका कैंयौं कार्यक्रममा देखिएजस्तो विद्यार्थी भन्दा प्राध्यापक धेरै हुने अवस्था निर्माण हुन्न । प्रध्यापकहरुमा पनि पेशाप्रति लगाव हुन्छ । अहिले भएजस्तो त्रिविका अधिकांश स्थायी÷करार प्राध्यापकहरु दरबन्दी भएको आङ्गिक क्याम्पसमा हाजिर गर्न मात्र जाने र दिन रात निजी कलेज÷स्कुलमा मिहिनेत गर्ने गलत परिपाटीको अन्त्य हुनेछ ।

क्याम्पसलाई स्वायत्तता दिने कुरा निजी क्षेत्रलाई क्याम्पस सञ्चालन गर्न दिने कुरासँग जोडेर बुभ्mनु हुँदैन । पब्लिक क्याम्पस वास्तवमा समुदायको आर्थिक सहयोग र व्यवस्थापनमा चल्ने क्याम्पस हुन् । उनीहरुले पूँजीगत खर्चका लागिमात्र सरकारी कोषबाट विश्वविद्यालय अनुदान आयोग मार्पmत् वित्तिय सहयोग पाउँछन् । बिचारणीय यो छ कि–शैक्षिक कार्यक्रमको सञ्चालन ,व्यवस्थापन र परीक्षा प्रणालीमात्र स्वायत्त हुने हो । विद्यार्थीले हासिल गरेको शैक्षिक डिग्रीको प्रमाण पत्र विश्वविद्यालयले नै प्रमाणिकरण गरेर दिन्छ । विश्वविद्यालयको ऐन, नियम, डिन कार्यालय, परीक्षा नियन्त्रण कार्यालय आदिको नियमन र अनुगमन हुने हुँदा ‘प्राइभेट’ जस्तो हुने हो कि भन्ने सन्देह रहदैन । विश्वविद्यालय अनुदान आयोग मार्फत पूर्वाधार विकास, प्mयाकल्टी विकास एवम् अनुसन्धान र विकासमा पर्याप्त लगानी हुने हुँदा गुणस्तरीयता र विश्वसनियता समेत कायम हुनेमा विश्वस्त हुन सकिन्छ ।

लुम्बिनी वाणिज्य क्याम्पस नै किन रोज्ने ?
कोभिड–१९ को महामारी अझै नियन्त्रण भैसकेको छैन । गतसालको शैक्षिक शत्र डामाडोल भएको छ । आगामी वर्ष के हुन्छ भन्नेमा अन्योल छ । यस्तो अवस्थामा आम विद्यार्थी र अभिभावकहरुका लागि आफ्नै प्रदेश, जिल्ला र बुटवल केन्द्रबाट नै अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालय तहको शिक्षा प्राप्त गर्नु नै उपयुक्त हुन्छ । यसका लागि लुम्बिनी बाणिज्य क्याम्पस उत्कृष्ट छनोट बन्न सक्छ । क्याम्पसले मौलिक स्वाद बोकेका समकालिन व्यवस्थापन शिक्षाका कार्यक्रम अघि सारेको छ । बिबिएस र बिबिए जस्ता कार्यक्रम मात्र प्रचलनमा रहेकोमा अब वाणिज्य क्याम्पसमा बिएमएस, बिबिएम– अप्लाइड, एमबिएस–बिएफ, एमबिएस–फाइनान्स जस्ता नयाँ फ्लेवरका डिग्री पाउन सकिनेछ स्थानीय स्तरमा नै । डिग्रीको मान्यता विश्वविद्यालयले नै प्रमाणित गर्ने हुँदा मान्यता विश्वव्यापी हुन्छ ।

पब्लिक क्याम्पसको रुपमा रहेको यस क्याम्पसले अब अझ स्वतन्त्र र सिर्जनात्मक ढङ्गबाट पाठ्यक्रमको डिजाइन र परीक्षा प्रणाली विकास गरेको छ । मानित विश्वविद्यालयमा रुपान्तरण हुने यात्रामा क्याम्पसले लिएको यो बाटो रणनीतिक योजना अन्तर्गतको बाटो हो । विश्वविद्यालयको अस्तव्यस्त शैक्षिक कार्यतालिका, समयमा परीक्षा नहुने । नतिजा ढिलो गरी प्रकाशन हुने । प्रश्नपत्र र परीक्षा प्रणालीबारे बेला–बेलामा प्रश्न उठ्ने गरेको सन्दर्भमा यसरी आफ्नो मातहतमा सञ्चालित क्याम्पसहरुले स्वायत्त ढङ्गले शैक्षिक क्रियाकलाप गर्न पाउँदा पठन–पाठन र परीक्षा प्रणाली पनि चुस्त दुरुस्त हुन्छ । समयमा पठनपाठन संचालन हुने र निर्धारित समयमा परीक्षा भई नतिजा निस्किँदा विद्यार्थीहरुको समय (वर्ष) खेर जाँदैन । अध्ययन पश्चात् उनीहरु तुरुन्तै आ–आफ्नो रोजाइका पेशा र क्षेत्रमा प्रवेश गर्न पाउँछन् ।

उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुको चिन्ता र अभिभावकहरुकोे सरोकारलाई स्वायत्त कार्यक्रमले सम्बोधन गर्छ । देशको शिक्षा प्रणाली माथि उठिरहेको प्रश्न केहि हदसम्म न्यूनिकरण हुनेछ । स्वायत्त कार्यक्रम पूर्ण विश्वासका साथ र सफलतापूर्वक सञ्चालन गर्न लुम्बिनी वाणिज्य क्याम्पस हरेक हिसाबले सक्षम देखिन्छ । एक दुईवटा कार्यक्रमको सफल परिक्षणबाट अब क्याम्पसले सबै स्वायत्त शैक्षिक कार्यक्रमहरु मात्र चलाउँदैछ । विसौं वर्ष पहिले डिजाइन गरिएका पाठ्यक्रम हजुरबादेखि नाति पुस्तासम्म आइपुग्दा समेत हुबहु पढाई भैरहेका छन् । यस्तो परिप्रेक्षमा अब पाठ्यक्रमहरु, शैक्षिक कार्यक्रमहरु समयानुकुल परिमार्जित गर्दै विद्यार्थी, बजार र समाजको आवश्यकता अनुसारको शैक्षिक डिग्री प्रदान गर्न लुम्बिनी बाणिज्य क्याम्पस सक्षम हुनेछ भन्ने कुरामा दुइमत छैन ।

https://www.globalaawaj.com/archives/67391
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।