ताजा अपडेट »

अन्तराष्ट्रिय करातेमा नेपालले इतिहास दोहोर्यायो

बुधबार, ११ बैशाख २०७६, २० : ३५
8 Shares


वैशाख ११,
नरेश के.सी
पटना । भारतमा सम्पन्न अन्तराष्टिय करातें खुल्ला प्रतियोगिता तथा किक बक्सिङ प्रतियोगिताको समुह विजेता बन्दै नेपाली टिमले ईतिहास दोहराएको छ । भारतको विहार राज्यको पटना स्थित पाटलीपुत्र स्पोर्ट्स स्टेडियममा बुधबार राती अबेर सम्पन्न प्रतियोगितामा नेपाली टिमले दमदार खेल प्रस्तुत गर्दै विगतको इतिहास दोहराएको नेपाल करातें महासंघ प्रदेश ५ का अध्यक्ष भरत बहादुर के.सी.ले बताए । नेपाली टिमले २० स्वर्ण , ६ रजत , १ कास्य सहित नेपाली टिम समुह विजेता बन्न सफल भएको छ। जापान गोजुरीयो कराँते डो मिसन संघका संस्थापक तथा नेपाली टोलीका प्रमुख प्रशिक्षक के.बि रानाको नेतृत्वमा खेलकुद प्रतियोगितामा सहभागी नेपाली टिमले भारत, बंगालदेश, भुटान लगायतका देशका खेलाडीलाई पराजित गर्दै उपाधी चुम्न सफल भएका हुन् ।

अल इन्डिया सितोरयो कराँते डो एकेडेमीको आयोजना तथा कराँते एशोशिएसन अफ इन्डियाको सहयोगमा आयोजित च्याम्पियनसिपमा नेपाल प्रथम, भारत द्दितिय र बंगलादेश तृतीय भएको अल इन्डिया सितोरयो कराँते डो एकेडेमीका अध्यक्ष राजु थापाले जानकारी दिए । उनले भने, ‘प्रतियोगितामा नेपाली टिम २० स्वर्ण सहित समुह विजेता भएको छ । ’


च्याम्पियनसिपमा नेपाली खेलाडी रुपा रानाले काता र कुमितेतर्फ दुइ स्वर्ण पदक प्राप्त गरीन् । रानाले १९ वर्षमाथिको (सिनियर) उमेर समूहतर्फ ५० केजी तौल समूहको स्पर्धामा स्वर्ण पदक प्राप्त गरेकी हुन् । रुपा रानासंगै सिनियरतर्फ सन्तु थारु ५५ ,छीरीङ गुरुङ ६५, दिलबहादुर बुढाथोकीले ७० केजी तौल समुहको स्पर्धामा नेपाललाई स्वर्ण पदक दिलाए ।


१९ वर्षमुनिको जुनियर तर्फको स्पर्धामा सञ्जय चौधरीले ७० केजी तौल समुहमा स्वर्ण पदक प्राप्त गरे । १७ वर्षमुनीको ( सब जुनीयर) उमेर समूहमा शिवानी बस्नेत ५०, डिबिन गुरुङ ५० , रोशन राना ६० र सुनिल रावलले ५५ केजी तौल समुहको स्पर्धामा स्वर्ण पदक प्राप्त गरे ।१४ वर्ष मुनीको –केडर )उमेर समुहमा प्रियंका थापा, ५५ , इशा सारु ४०, शाहील गुरुङ ३५ , जिवन पुन ४० ,मिलन श्रीस ४५ ,सरोज क्षेत्रीले ५५ केजी तौल समुहको स्पर्धामा स्वर्ण पदक प्राप्त गरे । यसैगरी १० वर्षमुनीको ( सब केडर) उमेर समूहमा अमीसा पोखरेल ३०, आदित्य क्षेत्री २० ,डिबिन सेन ठकुरी २५ र गौरब पौडेलले ३० केजी तौल समुहको स्पर्धामा स्वर्ण पदक हासील गरेको नेपाली टोलीका कोडिनेटर गिरी पुनले बताए ।


यसैगरी प्रतियोगितामा सिनियरतर्फ कुमिते र किक बक्सिङमा नेपालकी दिलमाया कोइराला ,बिपिन राना र सञ्जय कुमार चौधरीले रजत पदक प्राप्त गरे । केडरतर्फ आकृति राना र प्रसुन शाहीले रजत पदक प्राप्त गरे भने नेपालका यमन सोती मगरले कास्य पदक हात पारे । बिदेशी भूूमिमा जित हासिल गरेर खेलडीले देशको नाम राखेकोमा आफूूलाइ गर्व लागेको करातेंका रुपन्देही अध्यक्ष उमेश थापामगरले बताए ।

कराँते महासंघका प्रदेश ५ अध्यक्ष भरत बहादुर केसी, जापान गोजु रियो कराते डो मिसन संघका केन्द्रिय सचिव गिरी पुन,,रुपन्देही अध्यक्ष उमेश थापा मगर ,चिकित्सक डा. विकास आले , दिपेन्द्र पौडेल सहित ९ जना अफिसियल , प्रमुख प्रशिक्षिक के.बि राना (काजी) सहित करातेंका सिनियर ब्यालक बेल्ट खेलाडी सन्तु दंगोरीया थारु, रुपा राना, सन्जय कुमार चौधरी, दिल बहादुर बुढाथोकी, दिलमाया कोइराला विपिन राना लगायतका खेलाडी र पत्रकारको टोली भारत आएको हो ।


यस अघि नेपाली टिमले भारतको पुनामा सम्पन्न च्याम्पियनसिपमा १४ वटा स्वर्ण पदक र दिल्लीमा सम्पन्न च्याम्पियनसिपमा १७ वटा स्वर्ण पदक हासील गर्दै समुह विजेता भएको थियो । च्याम्पियनसिपमा नेपालका सबै खेलाडीले गरेको उत्कृष्ट प्रदर्शनले आफुलाई अत्यन्तै खुसी बनाएको मुख्य प्रशिक्षक रानाले बताए । ठिक समय, ठिक पोशाक, ठिक ठाउं मुल मन्त्र बनाएका प्रशिक्षक रानाको प्रशिक्षणमा खारिएका खेलाडीले नेपालको नाम उचो राखेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।