ताजा अपडेट »

९ महिनामा सवारी दुर्घटनाबाट ११९ जनाको मृत्यु

बुधबार, ११ बैशाख २०७६, १३ : ४४
10 Shares


बैशाख ११,

चितवन । सवारीसाधनको चाप बढेसँगै चितवनमा दुर्घटनामा वृद्धि भएको छ । चालू आव २०७५र७६ को चैतसम्ममा २३० वटा दुर्घटनामा परी ११९ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा ४५३ जना घाइते भएका छन् ।गत आवको सोही अवधिमा ९६ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मुनेन्द्र थापाले जानकारी दिए । चालू आवमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको थियो ।

मोटरसाइकल दुर्घटना परी ४९ जनाको मृत्यु भएको छ । यस्तै विभिन्न सवारीसाधनको ठक्करबाट ३० पैदलयात्रुको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।यस अवधिमा बस दुर्घटनामा परी १८ तथा ट्रक, ट्याङ्कर तथा जिप, कार, भ्यान दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । मृत्यु भएका ३० पैदलयात्रीमध्ये आठको मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।