ताजा अपडेट »

मिस्टर एण्ड मिस वर्ल्ड वाइडका विजेता सार्वजनिक

आइतबार, २८ मंसिर २०७७, १७ : २८
10 Shares

बुटवल । पि प्रोडक्सनको आयोजनामा बुटवलमा सम्पन्न मिष्टर/मिस वर्ल्ड वाइड नेपाल, मिष्टर/मिस वर्ल्ड वाइड नेपाल टिन, मिस वर्ल्ड वाइड इन्टरनेशनल नेपाल, मिस वर्ल्ड वाईड नेपाल प्रि-टिन, मिस वर्ल्ड वाइड नेपाल लिटिलका विजेताहरुलाई सार्वजनिक गरेको छ । त्यसैगरी प्रतियोगिताका उत्कृष्टहरु भ्यूअर्स च्वाइस, मिष्टर/मिस अर्गनाइजर च्वाईस, मिस व्यूटी विथ पर्पोज, मिस च्वाइस पपुलरहरुलाई पनि सार्वजनिक गरिएको छ । आयोजकले आइतबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

प्रतियोगिता सम्पन्न भएपनि कोरोनाका कारण विजेता तथा उत्कृष्टहरुलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । विजेताहरुलाई उपाधिसहित विभिन्न गिफ्टहयाम्पर प्रदान गरिएको पि प्रोडक्शनका निर्देशक आनन्द भुर्तेलले बताए। प्रतियोगितामा मिष्टर वर्ल्ड वाईड नेपाल- २०२० को उपाधि बरुण भुसालले जितेका छन् । यस्तै मिस वर्ल्ड वाइड नेपाल- २०२०को उपाधि रोशिनी खप्तरी, मिस वर्ल्ड वाइड ईन्टरनेशनल नेपाल- २०२० को उपाधि सन्ध्या श्रेष्ठले जितेकी छन् ।

त्यसैगरि मिष्टर वर्ल्ड वाइड नेपाल टिनको उपाधि निखिल योगी, मिस वर्ल्ड वाईड नेपाल टीनको उपाधि सपना क्षेत्री, मिस वर्ल्ड वाईड नेपाल प्रि-टिनको उपाधि आयूषा कालिराज, मिस वर्ल्ड वाइड नेपाल लिटिलको उपाधि आयूषा पौडेल, मिष्टर भ्यूअर्स च्वाइसको उपाधि सक्षम सापकोटा, मिस भ्यूअर्स च्वाइसको उपाधि अमिसा थापालाई प्रदान गरिएको छ ।

यस्तै मिष्टर अर्गनाईजर च्वाइसको उपाधि रमेश कार्की, मिस अर्गनाइजर च्वाईसको उपाधि अप्सरा विश्वकर्मा, मिस व्यूटी विथ पर्पोजको उपाधि मिना ज्ञवाली र मिस पपुलर च्वाइसको उपाधि अस्मिता खत्रीले प्राप्त गरेका छन् । सो अवसरमा बोल्दै मिष्टर वर्ल्ड वाईड नेपाल- २०२० को विजेता बरुण भुसालले प्रतियोगिताबाट आफूले धेरै कुराहरु सिकेको बताउँदै आगामी दिनमा अन्य प्रतियोगिताहरुमा पनि निरन्तरता दिने बताए । त्यस्तै मिस वर्ल्ड वाइड नेपाल– २०२० की विजेता रोशनी खप्तरीले प्रतियोगिताले आतमविश्वास बढेको बताइन् ।

प्रतियोगिताको निर्णायकहरुमा निश्चल खड्का, सुजित बस्याल, नवराज देउवा, गीता खरेल रहेका थिए । विजेताहरुलाई उपाधिसहित गिफ्ट ह्याम्पर प्रदान गरिएको प्रतियोगिताका कोरियोग्राफर प्रशान्त शाहले जानकारी गराए । प्रतियोगिताको निर्देशन पि प्रोडक्शनका प्रबन्ध निर्देशक भुर्तेलले गरेका थिए । कोरोना महामामारीमा गत कार्तिकमा भर्चुअल तथा प्रत्यक्ष सहभागितामा सम्पन्न कार्यक्रममा ५ लाख खर्च भएको कोरियोग्राफर शाहले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।