ताजा अपडेट »

रूपाको स्वर्ण पदकसँगै अन्तराष्ट्रिय कराँतेमा विजयी शुरुवात

मंगलबार, १० बैशाख २०७६, २२ : ५७
4 Shares


वैशाख १०,
नरेश के.सी
पटना । हिजो उद्घाटन भएर आज दिउँसो अबेर शुरु भएको अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा नेपाली टोलीले विजयी शुरुवात गरेको छ। विगतका अन्तराष्ट्रिय कराँते प्रतियोगितामा स्वर्ण पदक विजेता नेपाली राष्ट्रिय टिमकी खेलाडी रुपा रानाले कराँतेको काँटातर्फको प्रतियोगितामा भारतीय प्रतियोगिलाई हराउदैं स्वर्ण पदक हासिल गरेकी हुन् । रानाको स्वर्ण पदक प्राप्तिसँगै नेपाली टीम बिहार राज्यको राजधानी पटना स्थित पाटलीपुत्र स्पोर्टस् कम्पेलेक्समा अत्यन्तै उत्साहित भएको छ ।


सुर्खेत गुरुबाकोट नगरपालिका स्थायी घर भएकी रानाले भारतकी अनिता कुमारीलाई पराजित गरेकी थिइन् । यसैगरी उक्त प्रतियोगितामा भारतकै अञ्जली कुमारीले रजत पदक प्राप्त गरिन् ।अल इन्डिया सितोरियो कराँते डो एकेडेमीको आयोजना तथा कराँते एशोशिएसन अफ इन्डियाको सहयोगमा आयोजना गरिएको प्रतियोगितामा नेपाल सहित भारत, बंगलादेश, भुटान , श्रीलंका लगायतका देशका २ सय २१ जना खेलाडीले विभिन्न खेलमा प्रतिष्पर्धा गर्दै छन् ।


प्रतियोगितामा जापान गोजुरीयो कराँते डो मिसन संघका प्रमुख प्रशिक्षक के.बि रानाको नेतृत्वमा नेपालको राष्ट्रिय टोलीले सहभागिता जनाएको छ । नेपालका २६ जना खेलाडीले बिभिन्न उमेर समुह र तौल समुहमा भाग लिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।