ताजा अपडेट »

गजल : तिमी र म

शनिबार, २७ मंसिर २०७७, १५ : ०७
133 Shares

तिमी छौ र त, जीउने आश छ गहभरी श्वास छन्
तिमी छौ र त, संसार भरिका सबै खुशी मेरा छन् ।
तिम्रा ओठहरु मुस्कान सजाउने चाहाना ले त, म बाँचेको छु !
तिमीलाई मन मन्दिरमा सजाउने आशा यो मन भित्र, साँचेको छु ।

तिमी छौ र त, सुरिला हर संगीत छन्
तिमी छौ र त, कर्णप्रिय मेरा सारा गीत छन् ।
तिमी छौ र त,जीउने आश छ गहभरि श्वास छन्
तिमी छौ र त, संसार भरिका सबै खुशी मेरा छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।