ताजा अपडेट »

भ्रष्टाचार मुद्दाका आरोपी पूर्वमन्त्री विक्रम पाण्डे ४ करोडमा धरौटी रिहा

बुधबार, ०२ माघ २०७५, १४ : ०१
4 Shares

माघ २,

काठमाडौं । पूर्वमन्त्री बिक्रम पाण्डे ४ करोड रुपैयाँ धरौटी तिरेर रिहा भएका छन् । विशेष अदालतले भ्रष्टाचार मुद्दामा पाण्डेलाई ४ करोड रुपैयाँ धरौटी तिर्न आदेश दिएको थियो ।सिक्टा सिञ्चाइ आयोजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा पाण्डे ४ धरौटी बुझाएर रिहा भएका हुन् ।

अख्तियारको फरारको सूचीमा रहेका पाण्डे बुधबार विशेष अदालतमा उपस्थित भएका थिए । बुधबार नै अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले ४ करोड धरौटी माग्ने निर्णय गरेको थियो । पाण्डेले बुधबार रकम नबुझाए पनि ग्लोबल आईएमई बैंक ग्यारेन्टी बसेपछि उनी धरौटीमा छुटेको हुन् ।

अख्तियारको फरार सूचीमा रहेका उनलाई विशेष अदालतले हाजिर हुन १५ दिनको म्याद जारी गरेको थियो । उनी म्यादभित्रै अदालतमा हाजिर भएका हुन् ।सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको ठहर गर्दै अख्तियारले गत मंसिर २१ गते कालिका कन्स्ट्रक्सनका मालिक पाण्डेविरुद्ध मुद्दा दायर गरेको थियो । अख्तियारले पाण्डेलाई दुई वर्ष कैद सजाय माग तथा दुई अर्ब १३ करोड ७६ लाख ८० हजार विगो माग गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।