ताजा अपडेट »

ललितानिवास प्रकरण : रोपनीको ८ लाखमा रजिस्ट्रेसन पास

मंगलबार, १० बैशाख २०७६, ०९ : ५३
4 Shares

वैशाख १०,
काठमाडौं । बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास र त्यसको चर्चेको जग्गा व्यक्तिका नाममा कायम गरी बिक्री गर्दा समेत मूल्य कम देखाएर रजिस्ट्रेसन पास गरेको पाइएको छ । राजस्व छल्न भूमाफिया, मालपोतका कर्मचारी र तत्कालीन भोगधिकारीको मिलेमतोमा प्रतिआना ५० हजार रुपैयाँ कायम गरेर उक्त जग्गाको रजिस्ट्रेसन पास गरिएको हो ।

प्रतिआना सात लाखमा बेचेको जग्गालाई रजिस्ट्रेसन पास गर्दा ५० हजार देखाएर राजस्व छली गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यस आधारमा ललितानिवासले चर्चेको करिब एक सय १४ रोपनी जग्गा नौ करोड रुपैयाँ हाराहारीमा बेचेको देखिन्छ । तत्कानीन भोगधिकारीले २०६१ सालमै ललितानिवासले चर्चेको सो जग्गा बिक्री गरेका थिए । -नागरिक दैनिक

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।