ताजा अपडेट »

एनसेलको रिटमाथि आज सुनुवाई

मंगलबार, १० बैशाख २०७६, ०९ : ४४
8 Shares

वैशाख १०,
काठमाण्डौं । एनसेलले ठूला करदाता कार्यालयबिरुद्ध  दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ। एनसेलले सर्वोच्चको आदेश र आयकर ऐन विपरीत ठूला करदाताले कर निर्धारण गरेको भन्दै सोमबार रिट दायर गरेको थियो।

आयकर ऐन २०५८ को दफा ९९ बमोजिम कर निर्धारण हुनुपर्नेमा ठूला करदाता कार्यालयले ऐनको दफा १०१ बमोजिम ३९ अर्ब ६ करोड रुपैयाँ निर्धारण गरेको एनसेलको दाबी छ। सर्वोच्च अदालतको आदेशको अपव्याख्या गरी कानुनी आधार र कारण बिना शुल्क र व्याजसमेत थप गरेको एनसेलको दाबी छ। रिटमा एनसेललाई विवरण पेस गर्ने अवसर प्रदान गर्न पनि माग गरेको छ।

करदाता कार्यालयले एनसेललाई मंगलबारसम्मको समय दिएको छ ।  सर्वोच्चले एनसेलको मागदाबी अनुसार आदेश जारी गरेमा कर भुक्तानी प्रक्रिया रोकिनेछ। अदालतले माग दाबी अनुसार आदेश जारी नगरेमा भने एनसेलले कर भुक्तानी गर्नु पर्नेछ।

एनसेलले पूँजीगत लाभको २५ प्रतिशत हुन आउने रकममध्ये १५ प्रतिशत भुक्तान गरिसकेको अवस्थामा अबको दायित्व १० प्रतिशतमात्र रहेको पनि दाबी गरेको छ। एनसेलले अब आफूले १४ अर्ब ३६ करोड ५३ लाख ७० हजार ६०० रुपैयाँमात्र लाभकर तिर्न बाँकी रहेको दाबी गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।