ताजा अपडेट »

नेकपाको जिल्ला नेतृत्वको सूची:३३ प्रतिशत महिला पुगेनन्

सोमबार, ०९ बैशाख २०७६, २१ : १०

वैशाख ९,

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्ला कमिटीमा अध्यक्ष र सचिव बनाउँदा महिला भने जम्मा ४ जना परेका छन् ।पार्टी एकताको एक वर्षपछि ७७ वटै जिल्लामा नेकपाले अध्यक्ष र सचिव टुंगो लगाउँदा जिल्लाको नेतृत्वमा महिलाको सहभागिता भने नगन्य छ ।धादिङ, मकवानपुर र काभ्रेपलाञ्चोक अध्यक्ष महिलालाई सुम्पिएको छ । त्यस्तै महिला सचिव पाउने एकमात्र जिल्ला इलाम भएको छ ।

लमजुङमा मधु अधिकारी, मकवानपुरमा मुनु सिग्देल र काभ्रेपलाञ्चोकमा रूकु चौलागाईंले अध्यक्ष बन्न पाएका छन् । इलामकी सचिव सोममाया राई बनेकी छन् ।एमाले र माओवादी मिलेर बनेको नेकपाको स्थानीय माथिल्ला निकायमा महिला सहभागिता छैन् । हरेक पार्टीको केन्द्रीय समितिमा ३३ प्रतिशत महिला हुनुपर्ने कानुनी व्यवस्था छ ।



ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।