२२ असार २०७९, बुधबार

Jul 6, 2022

बैशाख ९,

Advertisement

काठमाण्डौ । भारतमा आयोजना हुने गरेका विभिन्न रियालिटी शोहरुमा धेरे नेपालीहरु सहभागी हुने गरेका छन् । त्यस्ता धेरै उदाहरणहरु पनि छन्, जसले भारतीय प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधि जितेका छन् । प्रशान्त तामाङ, तेरिया मगर, सुशान्त खत्री यसका उदाहरणहरु हुन् । 

अहिले फेरि नेपालका २ बालक आयुष केसी र प्रितम आचार्य चर्चामा छन् । भारतको चर्चित रियालिटी शो ‘सारेगमप लिटल च्याम्प’ मा सहभागी हुन पुगेका केसी र आचार्यका हरेक प्रस्तुतिले शो का निर्णायकलाई चकित बनाउने गरेको छ । उनीहरु दुबैलाई उपाधिको मुख्य दाबेदारका रुपमा समेत हेर्ने गरिएको छ । केही समयअघि मात्र प्रितम आचार्यको अडिसन प्रस्तुति देखेर बलिउड सेलिब्रेटीहरुले सामाजिक सञ्जाल ट्विटरमा प्रितमको प्रशंसा गरेका थिए । बलिउडका चर्चित सेलिब्रटी सुनिल शेट्टी, रितेश देशमुख र अर्जुन कपूरको ट्वीट्मा प्रितम आचार्य छाइसकेका छन् । ‘सारेगमप लिटल च्याम्प’ मा पाहुना बनेर आएका माधुरी दीक्षित, अनिल कपूर, अजय देवगन, ज्याकी श्रफ, आलिया भट्टजस्ता बलिउड स्टारले प्रितमको खुलेर प्रशंसा गरेका छन् । यो सिजनमा निर्णायकको भूमिका निभाइरहेका गायक शान, संगीत निर्देशक अमाल मल्लिक र चर्चित गायिका ऋचा शर्माले प्रितम र आयुषको गायकीलाई खुलेर समर्थन गर्दै आएका छन् । ग्राण्ड जुरीले पनि उनीहरुको अधिकांश प्रस्तुतिलाई शतप्रतिशत नम्बर दिने गरेको छ ।

गएको हप्ताको कार्यक्रममा उदितनारायण झा पाहुनाका रुपमा उपस्थित भएका थिए । प्रितमले झा ले नै गाएको ‘जादू तेरी नजर’ बोलको गीत गाएका थिए । प्रितमको प्रस्तुतिको देखेर झाले खुलेर प्रसंशा गरेका थिए । उनले प्रितमलाई आफैंसँग तुलना गर्दै बाल्यकालमा आफ्नो गायन कौशलसँग मिल्दोजुल्दो भएको प्रतिक्रिया  दिए । अर्का नेपाली प्रतिस्पर्धी आयुष केसीले पनि दमदार प्रस्तुति दिए । उनले ‘कुछ कुछ होता है’ बोलको गीत गाएका थिए । केसीको प्रस्तुति पश्चात गायक झा ले आयुष र प्रितम दुबैलाई संकेत गर्दै भने, ‘दुवै मिलेर ब्यान्ड बजाउने भयौ जस्तो छ ।’

सिन्धुपाल्चोक घर भएका १२ वर्षीय आयुष केसी भक्तपुर बस्दै आएका छन् । यस्तै ११ वर्षीय प्रितम इटहरीका स्थायी बासिन्दा हुन् । नेपालमा दुई वर्षअगाडि आयोजना भएको पहिलो राष्ट्रव्यापी बालगायन कार्यक्रम ‘सुरशाला जुनियर आइडल’ मा आयुष प्रथम भएका थिए । सारेगमपले पहिलो चरणमा सुरशाला म्युजिक एकेडेमीमार्फत भिडियोबाट अडिसन लिएको थियो । सारेगमप लिटल च्याम्पमा अडिसन दिन आयुष र प्रितमसँगै अरु ८ जना नेपाली बालबालिका पनि गएका थिए । तर अडिसनमा २ जना मात्र छनौट हुन सफल भए ।

प्रतिकृया दिनुहोस्

Flash News

कोरोना संक्रमढा बढ्यो, बधुबार थपिए ११३ संक्रमित दार्चुलामा तुइनबाट खसेर किशोर बेपत्ता तुलसीपुरको फोहोरबाट प्राङ्गारिक मल उत्पादनको तयारी भारत र कुवेतमा महिला बेचबिखन गर्ने कार्यमा संलग्न तीन जना पक्राउ प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न १० अर्ब खर्च हुने मंसिर २ मा एकै चरणमा प्रदेश र प्रतिनिधिसभाका निर्वाचन गर्न सिफारिस भात पकाउन नेपालीले वर्षेनी किन्छन् ५१ करोडभन्दा बढीको राइस कुकर मैले सीसीटिभीको फुटेज डिलिट गरेको छैन, यसको ज्ञान पनि छैन : शर्मा अर्थमन्त्री शर्माले दिए राजीनामा अर्थमन्त्री शर्माको भाषण एमालेद्वारा बहिस्कार बस दुर्घटना, पाँच जना घाइते अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म उनको कुरा सुन्दैनौं : भट्टराई यु-२० टिममा स्थान बनाउन डेनमार्कदेखि काठमाडौंसम्मकाे यात्रा अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन जोनसनलाई एकपछि अर्को झट्का, थप दुई मन्त्रीले दिए राजीनामा ४४ वर्षअघि लेखिएको मेसेज फेला परेपछि… असार २६ गते सार्वजनिक विदा चौधरी ग्रुपको स्पष्टीकरणः बजेट निमार्णमा हाम्रो कुनै संलग्नता छैन, छानबिन होस् वीरगञ्ज महानगरले घटायो सम्पत्ति करको दर माओवादी केन्द्रीय समिति बैठक स्थगित