ताजा अपडेट »

विवाह बन्धनमा बाँधिइन् अभिनेत्री श्वेता खड्का (तस्विरहरु)

सोमबार, २२ मंसिर २०७७, १५ : २९
10 Shares

बुटवल । अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिएकी छन् ।अभिनेत्री श्वेताले सोमबार काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र सिंह राउत विवाह गरेकी हुन् । उनीहरू दुबै केही समयदेखि प्रेममा थिए । विवाह समारोहमा उनको पारिवारिक सदस्य र साथीहरूको सिमित उपस्थिति थियो ।

उनको यो दोस्रो विवाह हो । श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग विसं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको विसं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो । नायिका स्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् ।

https://www.globalaawaj.com/archives/67670
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।