ताजा अपडेट »

ढाक्रेको सेवा घरमा-घरमा, हरेक साता ‘मज्जाको मंगलबार’

आइतबार, २१ मंसिर २०७७, १८ : ५९
4 Shares

बुटवल । विश्वव्यापी कोरोना महामारीको संकटले जीवनशैली मात्र होइन व्यवसायीक शैलीपनि परिवर्तन भएका छन् । महामारीका बीचमा पनि नयाँ शैली अपनाएर बुटवलमा स्थापना भएको ढाक्रे डटकमले सेवा प्रदान गर्दै आएको छ । कोरोना संक्रमणबाट बच्दै सामाजिक दूरी कायम राख्नु पर्ने तथा भिडभाड नहुनेगरी ग्राहकलाई घर-घरमा सेवा पुर्याउने यूक्ति अपनाएको ढाक्रे डटकमले दैनिक उपभोग्य सामाग्रीहरु सेवाग्राहीको घरमै पुर्याउने व्यवस्था गरेको कार्यवहाक प्रवन्धक दिक्षा पनेरुले बताइन् ।

स्थानीय उत्पादनहरु उपभोक्ताको घरदैलोमा पुर्याउने उद्देश्यले शुरु गरीएको ढाक्रेले देशका बिभिन्न जिल्लामा उत्पादित अर्गानिक उत्पादनहरु बुटवल तथा आसपासका सेवाग्राहीहरुलाई पुर्याउने गरेको पनेरुले बताइन् । लकडाउन अवधिमै स्थापना भई विगत ५ महिनादेखि सञ्चालनमा आएको ढाक्रेले ग्राहकहरुका लागि थप नयाँ योजना ल्याएको प्रवन्धक पनेरुले बताइन् । यसैबीच कम्पनीले ल्याएको नयाँ योजना अन्तरगत यही मँसिर २३ गते मंगलबारदेखि ‘ढाक्रे मज्जाको मंगलबार’ अफर सञ्चालन गर्ने भएको छ । यो योजना अन्तरगत हरेक हप्ताको मँगलबार ग्राहकहरुका लागि विशेष छुटको व्यवस्था गरिने भएको छ । मँगलबार किनमेल गर्ने ग्राहकहरुलाई नियमितको भन्दा सहुलियत मूल्यमा सेवा उपलब्ध गराइने कम्पनीले बताएको छ ।

स्थानीय उत्पादनका साथै जुम्ला, मुगु, इलाम, ताप्लेजुङ लगायतका जिल्लाहरुको उत्पादन बुटवलका सेवा ग्राहीलाई निःशुल्क होम डेलिभरी सेवा पुर्याउने कम्पनीले ‘ढाक्रे मज्जाको मँगलबार’ योजना शुभारम्भको अवसरमा आउने मँगलबार र बुधबार दुई दिनसम्म बम्पर छुट योजना ल्याएको कार्यवहाक प्रवन्धक पनेरुले बताइन् । यो योजना अन्तरगत विशेष आकर्षणका रुपमा जुम्लाको आलु मात्र ६९९ रुपैयाँमा १० केजी गरीद गर्न पाइने उनल बताइन् । जुम्लामा उत्पादन हुने अर्गानिक आलुको मूल्य अन्य समयमा ८० रुपैया प्रतिकेजी पर्ने गरेपनि मँगलबार भने प्रतिकेजी ७० रुपैयाँ भन्दा कम मूल्य पर्ने छ ।

उपभोक्तालाई सस्तो मूल्यमा घरमै दैनिक उपभोग्य सामग्री पुर्याउने गरेको दाबी गर्दै पनेरुले सेवालाई थप विस्तार गर्ने योजनामा रहेको बताइन् । ढाक्रेले व्यवसायीक सफलतासँगै १४ जना बढीलाई प्रत्यक्ष रोजगारी दिन सफल भएको कम्पनीले जनाएको छ । ७० लाख बढी लगानीमा सञ्चालन गरीएको www.dhakre.com बाट उपभोक्ताले घरमै बसी सामान अर्डर गर्नसक्ने छन् भने होम डेलिभरीको कुनै शुल्क नलाग्ने कम्पनीले बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।