ताजा अपडेट »

पौडीमा आर्मीलाई तीन स्वर्ण पदक

आइतबार, ०८ बैशाख २०७६, १८ : ०७
10 Shares

वैशाख ८,

बाँके । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत पौडीमा त्रिभुवन आर्मी क्लबले तीन स्वर्ण पदक जितेको छ । नेपालगञ्जमा आज ‘आइतवार’ सम्पन्न भएको खेलमा आर्मी क्लबले चार स्वर्ण पदक आफ्नो पोल्टामा पा-यो । यता सोही स्पर्धाको प्रतिस्पर्धामा एनआरएनएले एक स्वर्ण पदक पदक जितेको छ ।

महिला ८ सय  मिटर फ्रिस्टाइल स्पर्धामा आर्मीका उपास्ती महर्जनलाई पराजित गरी आर्मीकै गौरिका सिंहले स्वर्ण पदक हात पारिन् । उक्त विधामा नेपाल पुलिस क्लबका सामिरा शोभा थापाले कास्यमा चित्त बुझाइन् । त्यस्तै पुरुष ८ सय मिटर फ्रिस्टाइल पौडी प्रतियोगितामा एनआरएनएका नाथनध्वज श्रेष्ठले स्वर्ण पदक हात पारे । एपीएफका नासिर हुसैनले रजत र एपीएफकै अर्जिन महर्जनले कास्य पदक हात पारे । 

यसैगरी, महिला २ सय मिटर पौडी प्रतियोगितामा त्रिभुवन आर्मीकी दुआना लामाले स्वर्ण पदक हात पार्दा एपीएफ क्लबका श्रीवी महर्जनले रजत र एपीएफकै दिया स्थापितले कास्यमा चित्त बुझाइन् । पुरुष २ सय मिटर पौडी प्रतियोगितामा त्रिभुवन आर्मीका अनुभव सुब्बाले स्वर्ण जिते । उनले दुई मिनेट २० सेकेण्डमा दूरी पार गरे भने २ मिनेट २३ सेकेण्डमा दूरी पार गरी एनआरएनएका नथनध्वज श्रेष्ठले रजत र नेपाल पुलिस क्लबका सैयद हमजा शाहले कास्य पदक जितेका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।