ताजा अपडेट »

बुटवलमा गोली चल्यो : एक खाग तस्कर घाइते, २ पक्राउ

आइतबार, २१ मंसिर २०७७, १० : ४५
6 Shares

बुटवल । बुटवलको सुख्खानगरमा गोली चल्दा एक व्यक्ति घाइते भएका छन् । बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगर स्थित न्यू कलस होटलमा गोली चल्दा राकेश न्यौपाने नाम गरेका एक व्यक्ति घाइते भएका हुन् ।

गैडाको खाग तस्करीमा सम्लग्नहरु बसेको सूचनाका आधारमा पुगेको सादा पोशाकका प्रहरी टोलीलाई खाग तस्करले पिस्तोल खोसेर प्रहार गर्न खोज्दा गोली प्रहारबाट तस्कर समूहकै राकेश घाईते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी नारायण थापाका अनुसार तस्कर समुहका अन्य २ जना पक्राउ परेका छन् भने एक जना फरार रहेका छन् ।

घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाईतेको चिउडोमा गोली लागेको बताईएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।