ताजा अपडेट »

नेपाल बलाल मगर परिवारको प्रथम महाधिवेशन

शनिबार, २० मंसिर २०७७, २३ : ३८
64 Shares

बुटवल । एकता,भातृत्व र प्रगतिको नारासहित नेपाल बलाल मगर परिवारको प्रथम महाधिवेशन शनिवार तिलोत्तमा नगरपालिका मगरघाटमा रहेको बुद्ध सभाहलमा सम्पन्न भएको छ । महाधिवेशनमा परिवारका अध्यक्ष क्याप्टेन दानबहादुर बलालले संस्थाको प्रगति प्रगतिवेदन तथा भावी योजना प्रस्तुत गरेका थिए । सोही अवसरमा संस्थाकी कोषाध्यक्ष गीतारानी बलालले आर्थिक प्रगति प्रतिवेदन पेश गरेकी थिइन् । संस्थाको प्रगति तथा आर्थिक प्रगति प्रतिवेदनलाई महाधिवेशनले परिमार्जनसहित सर्वसहमतले पास गरेको छ ।

प्रथम महाधिवेशनले गीतारानी बलाल(रुपन्देही)को अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षहरुमा लालबहादुर बलाल,शेरबहादुर बलाल र नेत्रबहादुर बलाल,महासचिवमा बुद्धिबहादुर बलाल,सचिवमा तारा बलाल र सानु बलाल,कोषाध्यक्षमा कमला बलालसहित १३ जना सदस्यहरु निर्वाचित भएका छन्

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।