ताजा अपडेट »

प्रथम प्रचण्ड थैव नकआउट फुटबल : उद्घाटन खेलमा आयोजक विजयी

शनिबार, २० मंसिर २०७७, १७ : २९
6 Shares

बुटवल । बुटवलको सिद्देश्वर मैदानमा आजदेखि सुरु भएको प्रथम प्रचण्ड थैव नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक समुह विजयी भएको छ । सौभाग्य युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा पाल्पाको भ्याली एफसीलाई १-शून्य गोल अन्तरले पछि पार्दै आयोजक सौभाग्य ‘बि’ समुह अघिल्लो चरणमा प्रवेश गरेको हो ।

खेलको पहिलो हाफमा दुबैतर्फबाट गोल रहित बराबरारी भएपछि दोस्रो हाफको ४३ औं मिनेटमा आकाश गुरुङले गरेको एक मात्र गोलनै निर्णायक हुन पुगेको हो । पहिलो हाफमा सौभाग्य बि लाई दबाबमा राख्न सफल भएको भ्याली एफसीले दोस्रो हाफमा समेत उत्कृष्ट प्रदर्शनका बाबजुत गोलरहित हुन पुग्दा हार व्यहोरेको हो । सौभाग्यले दोस्रो हाफमा गरेको एक मात्र गोलसँगै खेलको अन्तिमसम्म अग्रता कायम राख्न सफल भयो ।

प्रतियोगिताको स्वर्गिय प्रचण्ड थैवका माता सुकन्या थैवले रेफ्रिलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरेकी थिइन् । रुपन्देही, पाल्पा तथा नवलपरासीका २० टिमको सहभागितामा रहने प्रतियोगिताको विजेताले नगद ५५ हजार पुरस्कार राशीसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष दीपक गुरुङले बताए । यसैगरि उपविजेता टिमले नगद २५ हजार ५ सय ५५ रुपैया नगद पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगितामा विधागत रुपमा ५ जना खेलाडीहरुलाई पुरस्कृत गरिने खेल संयोजक चक्रबहादुर खड्काले बताए । प्रतियोगिताको प्रथम पुरस्कार राशी थैव परिवार र दोस्रो पुरस्कार शिवनगर सामुदायिक वनबाट सहयोग भएको प्रचार संयोजक कृष्ण कुमालले बताए ।

आइतबार दिउसो ३ बजे हुने दोस्रो खेलमा नवलपरासीको भैरव एफसी र रुपन्देहीको नव एकता युवा क्लब बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा पाल्पाको भ्याली एफसी, सराई एफसी, नवलपरासीको भैरव एफसी, रुपन्देहीको सयपत्री युवाक्लब, मजुवा एफसी, चरङे एफसी, जनज्योती क्लब डिङरनगर, सिद्धार्थ युवाक्लब भैरहवा, डि युनिटी खैरेनी, झरना स्पोटर्स क्लब, चादनी एफसी, फर्साटिकर युवा क्लब, सम्पुर्ण एफसी सुपौली, ढिकार एफसी देवदह, नव एकता युवा क्लब, राधाकृष्ण युवा क्लब, शिवनगर युवा क्लब, ठुठिपिपल एफसीसहित आयोजक सौभाग्य युवाक्लबका २ टिम समेत गरि २० टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गर्दौ छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।