१४ माघ २०७९, शनिबार

Jan 28, 2023


बैशाख ७,
ग्लोबल आवाज
बुटवल । प्रधानमन्त्री के.पी. शर्मा ओलीले मुलुक विकासको बाटोमा अघि बढेको बताए । बुटवलमा आयोजित जितगढी विजय उत्सव समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले भने ‘मुलुक लामो समय संक्रमणकालबाट गुज्रियो पञ्चायत, राजा फालेर गणतन्त्र आएको छ । अब सभ्य समाज र समृद्ध राष्ट्र निर्माण गर्नु पर्दछ । यसतर्फ मुलुक अगाडि बढि सकेको छ ।’ उनले सरकारका विकासका गतिबाट आत्तिएका केही तत्वले जनतामा भ्रम उत्पन्न गरेको बताउँदै प्रतिप्रश्न गरे ‘अब विकास नगरे कहिले गर्ने ?


दुई सय चार वर्षअघि कर्णेल उजिरसिंह थापाको नेतृत्वमा रहेको नेपाली फौजले अङ्ग्रेज सेनालाई हराएको दिनको सम्झना गर्दै बुटवल उपमहानरपालिकाद्वारा आयोजित विजयोत्सव समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै उनले नेपाली वीर पुर्खाको सन्तान भएको बताए । उनले राष्ट्रियता र राष्ट्र निर्माणमा नेपाली सेनाको योगदान अतुल्य रहेको बताउँदै उजिर सिंह थापा पनि राष्ट्रको लागि लडेको बताए ।

उनले भने ‘वीर उजिरसिंह थापा , परिवार , वंशका लागि नभई राष्ट्रका लागि लडेका थिए । समारोहमा उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल ,नेकपाका महासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुबेदीले जितगढीलाई पर्यटकिय क्षेत्रको रुपमा विस्तार गर्नुपर्ने बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ यस्तो रहनेछ आजको मौसम सर्वोच्चको फैसलाले रविको रफ्तारमा रोक एसईई परीक्षा चैत १७ गतेदेखि (तालिकासहित) रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब