ताजा अपडेट »

पूर्व फ्रान्सेली राष्ट्रपतिको निधनमा राष्ट्रपतिद्वारा समवेदना व्यक्त

शुक्रबार, १९ मंसिर २०७७, १७ : ४१
8 Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फ्रान्सका पूर्वराष्ट्रपति भालेरी जिस्का डेस्टाँको निधन भएकोमा त्यहाँका राष्ट्रपति इम्म्यानुएल म्याँक्रोलाई समवेदना सन्देश पठाउँदै पूर्वराष्ट्रपतिको असामयिक अवशानबाट नेपालले एक असपल मित्र गुमाएको बताएकी छन् ।

राष्ट्रपति भण्डारीले शुक्रबार फ्रान्सेली राष्ट्रपतिलाई पठाएको शोक सरुन्देशमा पूर्वराष्ट्रपतिका शोकाकुल परिवारजन, फ्रान्स सरकार र त्यहाँका जनतामा हार्दिक समवेदना व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।