ताजा अपडेट »

रोका र पेरिवेयर ब्राण्डका सामग्री बुटवलमा

शुक्रबार, ०६ बैशाख २०७६, २० : १२
10 Shares


स्कीमसँगै नयाँ उत्पादनहरु नेपाली बजारमा ल्याउने कम्पनीको योजना



बैशाख ६,
बुटवल । बाथरुम सामाग्रीहरुका लागि उत्कृष्ट ब्राण्ड मानिएको रोका र पेरिवेयर ब्राण्डका सामग्री अब बुटवलमै पाईने भएको छ । बाथरुम सामग्रीहरुको बजारमा विश्वव्यापी रुपमै अग्रणी ब्राण्ड बनाएको रोका र पेरिवेयर ब्राण्डका सामग्रीहरु बुटवलकोे मिलनचोकमा रहेको पश्चिमाञ्चल निर्माण सामग्री केन्द्रमा पाइने भएको हो । उक्त डिलरको एक कार्यक्रमका बीच रोका र पेरिवेयर कम्पनीका प्रबन्ध निर्देशक के. ई रगनाथनले उद्घाटन गरका छन् । सो अवसरमा बोल्दै उनले व्यापारमैत्री स्कीमसँगै कम्पनीले नयाँ–नयाँ उत्पादनहरु नेपाली बजारमा ल्याउने योजना बनाएको बताए ।


पश्चिमाञ्चल निर्माण सामाग्री केन्द्रका सञ्चालक मदुसुदन पाण्डेले विश्वप्रख्यात ब्राण्ड बुटवलमा ल्याउनु ठुलो उपलब्धी भएको बताए । ग्राहकको माग अनुसार रोका र पेरीवेयर ब्राण्डलाई बजारमा पठाउने उनको भनाई छ । उद्घाटन गरिएको शोरुममा पेरीवेयरका प्रिमियम वाथरुम सामाग्रीहरु र रोकाका विश्वव्यापी स्तरका बाथरुम सामाग्रीहरु राखिएका छन् । रोका गु्रपको पेरीवेयर भारतको नम्बर एक सेनेटरी वेयरको व्राण्ड हो । बजारको आवश्यकता लाई ध्यानमा राख्दै दुवै ब्रान्डका बेसीन, वाटर क्लोसेट, धारा, बाथटब, सावर, किचन सिंक र बाथरुम सामग्रीहरु उपलब्ध गराउने उक्त कम्पनीका नेपाल विक्रि प्रबन्धक दिपकराज अधिकारीले जानाकारी दिए । कम्पनीले विश्वव्यापी स्तरका वाथरुम सामग्रीको नयाँ रेन्जहरु कार्मेन, वियोण्ड र इनसिग्नया समेत भित्राउने क्रममा रहेको उनले बताए ।


पेरीवेयर बाथरुम सामग्री उत्पादक गर्ने अग्रणी भारतीय कम्पनी हो । रोका भारतको फ्ल्यागसीप ब्रान्डको रुपमा रहेको छ । रोका ग्रप स्पेनको ठुलो र प्रतिष्ठत कम्पनी हो । रोकाको आर एन्ड डि प्रविधी, विज्ञता र पेरीवेयर माथि ग्राहकको विश्वासका कारण नै यसको भारतीय बजार सबल हुदै गइरहेको छ । ६० वर्षको इतिहास बोकेको पेरीवेयर भारतको अग्रणी ब्रान्डको रुपमा रहेको छ । नयाँ जीवनशैली सँग मेल खान र सधै फेसनमा रहने ब्रान्डको रुपमा पेरिवेयर नयाँ–नयाँ उत्पादनका साथ बजारमा आइरहेको छ । हाल यसको वितरण सन्जालमा भारतमा मात्र ७ हजार ८ सय भन्दा बढि वितरक र रिटेलरहरु रहेका छन् । नेपालमा यस अघि उक्त कम्पनीले काठमाडौं र पोखरामा शोरुम सञ्चालनमा ल्याइसकेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।