ताजा अपडेट »

रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

शुक्रबार, १९ मंसिर २०७७, १२ : २२
4 Shares

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका- १५, सखुवानीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । लु ३७ प ९१७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको रेलिङमा ठोक्किँदा मोटरसाइकल चालक ओमसतिया गाउँपालिका- १ बस्ने वर्ष ३५ का कमल प्रकाश कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कार्कीको क्रिमसन अस्पताल मणिग्राममा बिहीबार मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजकुमार बैदवारले जानकारी दिए ।

रासस
लेखकको बारेमा
रासस