ताजा अपडेट »

बजेट खर्च गर्न नसके जानकारी गराउन अर्थ मन्त्रालयको निर्देशन

शुक्रबार, ०६ बैशाख २०७६, १९ : ३७
6 Shares

वैशाख ६,

काठमाडाैं । अर्थमन्त्रालयले तोकिएको समयभित्रै बजेट खर्च गर्न नसक्ने भए जानकारी गराउन सम्बन्धित मन्त्रालयलाई लिखित आग्रह गरेको छ । मन्त्रालयले विहिबार सबै मन्त्रालयलाई बजेट खर्च गर्न नसक्ने भए पहिले नै यस विषयमा जानकारी गराउन पत्रमार्फत् आग्रह गरेको हो ।

पछिल्ला वर्षमा बजेटको आकार बढ्दै गएको भएपनि खर्चको अवस्था सन्तोषकजनक नभएकाले अर्थमन्त्रालयले समीक्षालाई व्यापकता दिएको मन्त्रालयका प्रवक्ता एवं सूचना अधिकारी उत्तर कुमार खत्रीले जानकारी दिए।उनले कुनै आयोजना सम्पन्न हुन नसक्ने अवस्था छ भने स्थानीय तहले मन्त्रालयलाई जानकारी गराउन सक्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।