ताजा अपडेट »

रुपन्देहीको देवदहमा बस दुर्घटना , १५ जना घाइते

विहीबार, १८ मंसिर २०७७, १६ : ५१
2 Shares

बुटवल । रुपन्देहीको देवदहमा बस दुर्घटना भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत देवदह–१० चरङ्गे चोकमा बिहीबार दिउँसो बस दुर्घटना हुँदा १५ जना घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कायालयले जनाएको छ ।

दाङ्गबाट नारायणगढतर्फ जाँदै गरेको प्रदेश ३ – ०३– ००१ ख ००५९ नम्बरको बस बिहिबार दिउँसो अनियनिन्त्रित भई सडक छेउमा पल्टेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरी जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।