बुटवल । बुटवलको हस्पिटल लाइनमा ट्रक (लरी)ले स्कुटरलाई ठक्कर दिँला एक जनाको मृत्यु भएको छ ।
सिद्धार्थ राजमार्ग अन्तगत चौराहबाट पुष्पलाल पार्क तर्फ आउँदै गरेको ना ७ ख १३३९ नम्बरको ट्रक लहरीले सोही दिशा तर्फ आइरहेको लु ४९ प २०५ नम्बरको स्कुटरलाई बुधबार दिउँसो लुम्बिनी प्रादेशिक अस्पतालको मेन गेट अगाडी ठक्कर दिएको थियो । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतित सिहं राठोरका अनुसार दुर्घटनाबाट बुटवल उपमहानगरपालिका–८ का ४९ वर्षीय स्कुटका चालक भरत शर्माको मृत्यु भएको हो ।
दुर्घटनाबाट गम्भीर घाइते भएका शर्माको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
प्रतिक्रिया