ताजा अपडेट »

विराटले तोडे सचिनको कीर्तिमान

बुधबार, १७ मंसिर २०७७, १२ : ४२
6 Shares

काठमाडौँ । भारतीय कप्तान विराट कोहलीले पूर्वकप्तान सचिन तेन्दुलकरको नाममा रहेको कीर्तिमान तोडेका छन् । बुधबार मनुका ओवल स्टेडियममा अस्ट्रेलियाविरुद्धको तेस्रो र अन्तिम एकदिवसीय भिडन्तमा ६३ रन जोड्दै सबैभन्दा चाँडो १२ हजार एकदिवसीय रन बनाउने ब्याट्सम्यान बनेका हुन् । यसअघि यो कीर्तिमानी सचिनको नाममा थियो ।

३२ वर्षीय कोहलीले २ सय ५१ औं खेलको २ सय ४२ औं इनिङ्ग्समा यो उपलब्धि हासिल गरे । यसअघि सचिनले ३ सय ९ म्याचको ३ सय इनिङसमा १२ हजार रन पूरा गरेका थिए । सचिन र कोहलीबाहेक कुमार सांगाकारा, रिकी पोन्टिङ, सनथ जयसूूर्या र महेला जयवद्र्धनेले मात्रै एकदिवसीय इतिहासमा १२ हजार रन बनाएका छन् । विराटले अहिलेसम्म एकदिवसीय खेलमा ४३ शतक र ५९ अर्ध शतक बनाइसकेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।