ताजा अपडेट »

नेकपाको बैठक भोलि पुनः बस्ने, ओली-दाहालका प्रस्तावमाथि छलफल

मंगलबार, १६ मंसिर २०७७, १७ : ०७
8 Shares

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक पुनः भोलि बस्ने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेका प्रस्तावमाथि औपचारिक छलफल सुरू भएको छ।

आज बालुवाटारमा बसेको बैठकमा दुवै प्रस्तावमाथि औपचारिक रूपमा छलफल सुरू गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। प्रचण्डले गत कात्तिक २८ र प्रधानमन्त्री ओलीले मंसिर १३ मा छुट्टाछुट्टै प्रतिवेदन सचिवालयमा प्रस्तुत गरेका थिए। श्रेष्ठका अनुसार सचिवालय बैठक बुधबार दिउँसो १ बजे फेरि बस्ने उनले बताए। उक्त बैठक बस्नु पहिले अनौपचारिक रूपमा पनि नेताहरूबीच संवाद अगाडि बढाउने निर्णय भएको श्रेष्ठले बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।