ताजा अपडेट »

थप १ हजार ३०४ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु

मंगलबार, १६ मंसिर २०७७, १६ : ३२
12 Shares

बुटवल । नेपालमा थप १ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा १ हजार ३०४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख १६ हजार ५९४ स‌ंक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप २१ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५२९ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।