ताजा अपडेट »

सहयोगका लागि मृगौला पीडित कमलाको अपिल

मंगलबार, १६ मंसिर २०७७, १६ : ०५
2 Shares

बुटवल । रोल्पास्थित सुनिल स्मृती गाउपालिका ६ घर भएकी कमला थापा क्षेत्रीले आफ्नो दुबै मृगौला फेल भएको र आर्थिक अभावका कारण उपचारमा कठिनाई भएकोले सहयोगको अपिल गरेकी छन् । गत असारदेखि बुटवलस्थित बिभिन्न अस्पतालमा डायलाईसिस् गराइरहेकी कमलाले हप्तामा दुईपटक गर्नुपर्ने हुँदा भएको सम्पत्ति (पैसा) सकिएको र आर्थिक अभावका कारण समस्या परेको भन्दै सहयोगका लागि सबैलाई अपिल गरेकी हुन् ।

उनका श्रीमान ३ बर्ष अघिदेखि सम्पर्क बिहिन भै बेपत्ता अवस्थामा छन् । एक वर्ष अघिदेखि विरामी परेकी कमलालाई गत असारमा मात्रै दुबै मृगौला फेल भएको थाहा पाएकी थिइन् । शुरुमा दाङ्ग, काठमाण्डौ, बुटवल लगाएतका स्थानमा उपचार गराउँदा पनि लाखौं रुपैयाँ खर्च बढी भएको उनी बताउछिन् । बुटवलमा कोठा भाडामा लिएर बसेकी कमलाले ४ महिनादेखि लम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराई रहेकी थिईन् । त्यहाँको डायलाईसिस् मेशिन विग्रीएका कारण कयौ पटक प्राईभेट अस्पतालमा उपचार गराउन बाध्य हुनु परेको उनी बताउछिन् । प्राईभेटमा डायलाईसिस् गराउँदा एक पटकको २ हजार ५ सयदेखि ६ हजार ५ सयसम्म रकम तिर्नुपर्ने हुदाँ उपचार महंगो हुनाले सहयोग माग्नु परेको उनको भनाई छ ।

प्रत्येक पटक जसो रगत जाँच गर्नु पर्ने, रगतको मात्रा बढाउने औषधी खानु पर्ने, निमोनिया लगाएतमका खोप लगाउनु पर्ने, औषधी खरिद गर्दा रकम धेरै लाग्ने उनि बताउछिन् । हालसम्म उपचारमा मात्रै ५ लाख खर्च भैरसकेको बताउदै श्रीमती थापाले लुम्बिनी प्रादेशीक अस्पतालले १ लाखसम्मको डाईलासिस् निःशुल्क गर्ने भने पनि अन्य सबै खर्च गर्दा सो भन्दा बढी लाखौं रुपैयाँ लागेको बताईन् । मृगौला फेर्नका लागि आफ्नो मान्छेले दिएमा १५ देखि २० लाखसम्म लाग्ने तर डोनर नपाएर किन्न परेमा त खर्च अझ बढी लाग्ने थाापाको भनाई छ ।

२०४२ सालमा जन्मिएकी कमलाको २०६० सालमा विहे भएको थियो । उनका २ छोरी रहेका छन् । ‘२ छोरीको पालनपा बसकी आफु बिरामी, घर धान्नै गाह्रो छ ।’ हालसम्म सबै खर्च माइतीले बेहोरेको बताउछिन् । श्रीमान ३ वर्षदेखि सम्पर्क विहिन रहेको बताउदै कमला भन्छिन ‘माइतीले नहेरेको भए आजसम्म म बाँच्ने नै थिईन ।’ उनलाई सहयोग गर्न चाहानेले ९८६८६०२०५१ मा सम्पर्क गर्न समेत अपिल गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।