ताजा अपडेट »

सनराइज बैंकको अध्यक्षमा दुगड

बुधबार, ०२ माघ २०७५, ०८ : १५
6 Shares

काठमाडौं । सनराइज बैंकको सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगड निर्वाचित भएका छन् । गत पुस २९ मा भएको बैंकको साधारण सभाबाट पुनः सञ्चालकमा दुगड निर्वाचित भई सर्वसम्मतबाट अध्यक्ष चुनिएको बैंकले जनाएको हो ।

दुगडलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।  शपथ ग्रहण समारोहमा राष्ट्र बैंक पदाधिकारी तथा सनराइज बैंकका नवनिर्वाचित सञ्चालक र पदाधिकारीको उपस्थित थियो  ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।