ताजा अपडेट »

नेकपा सचिवालय बैठक सुरु, के आउला निष्कर्ष ?

मंगलबार, १६ मंसिर २०७७, १३ : २९
2 Shares

बुटवल । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । यसअघि बसेको बैठकले आजको बैठक पार्टी मुख्यालय धुम्बाराईमा बस्ने तय गरेको थियो । तर, शीर्ष नेतामा गम्भीर सुरक्षा खतरा भन्दै बैठक प्रधानमन्त्री निवास बालुवाटारमै सारिएको हो ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले २८ कात्तिकको बैठकमा र अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले १३ मंसीरमा बसेको सचिवालय बैठकमा पेश गरेको अलग अलग राजनीतिक प्रतिवदनमा छलफल हुने एक नेताले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।