२२ असार २०७९, बुधबार

Jul 6, 2022

फाइल तस्विर

वैशाख ०६,

पर्सा । समयमा आकासे पानी परेपछि पर्सामा यसवर्ष गुहुँको उत्पादनमा उलेख्य वृद्धि भएको छ । बाली लाग्ने बेला पर्याप्त वर्षा भएको कारण गहँु उत्पादन राम्रो भएको किसानले बताएका छन् ।

गतवर्ष पर्सामा २२ हजार हेक्टर जग्गाबाट ७० हजार ४०० मैट्रिक टन गहुँ उत्पादन भएको तुलनामा यसवर्ष २६ हजार हेक्टर जग्गामा गरिएको खेतीबाट ९३ हजार ७०० मेट्रिक टन २३ हजार ३०० मेट्रिक टन भन्दा बढी गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ । 

गतवर्ष प्रतिहेक्टर ३।२ मेट्रिक टनको दरले उत्पादन भएको तुलनामा यसवर्ष प्रति हेक्टर ३।६ मेट्रिक टन उत्पादन हुने अनुमान रहेको कृषि ज्ञान केन्द्र पर्साका प्राविधिक सहायक श्यामकिशोर कुर्मीले जानकारी दिनुभयो । उहाँले यसवर्ष मौसमले साथ दिएको र ज्ञान केन्द्रले वितरण गरेको उन्नत जातको बीउ किसानले लगाएका कारण उत्पादन वृद्धि भएको बताउनुभयो । 
गतवर्ष पर्सामा रु एक अर्ब ८३ करोड चार लाखको गहँु उत्पादन भएको तुलनामा यसवर्ष दुई अर्ब ५२ करोड ७२ लाखको गहुँ उत्पादन हुने कुर्मीको भनाइ छ । 

पर्सामा रहेको कूल ५० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये तीन हजार १०० हेक्टर जग्गामात्र सिञ्चित क्षेत्र रहेको छ । जिल्लाको सिञ्चित क्षेत्रलाई वृद्धि गर्न प्रदेश नं २ को सरकारले किसानलाई ८५ प्रतिशत अनुदानमा १५० थान विद्युतीय मोटर वितरण गर्न रु ४५ लाख विनियोजन गरेको छ ।

कृषि ज्ञान केन्द्रले जनाइको छ । विनियोजित बजेटबाट जडान भए पनि कृषि कार्यमा लागत घट्नुको साथै ४०० हेक्टरभन्दा बढी जग्गालाई सिँचाइ सुविधा गर्न सकिने प्रसा कुर्मीले जानकारी दिनुभयो । -रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

भारत र कुवेतमा महिला बेचबिखन गर्ने कार्यमा संलग्न तीन जना पक्राउ प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न १० अर्ब खर्च हुने मंसिर २ मा एकै चरणमा प्रदेश र प्रतिनिधिसभाका निर्वाचन गर्न सिफारिस भात पकाउन नेपालीले वर्षेनी किन्छन् ५१ करोडभन्दा बढीको राइस कुकर मैले सीसीटिभीको फुटेज डिलिट गरेको छैन, यसको ज्ञान पनि छैन : शर्मा अर्थमन्त्री शर्माले दिए राजीनामा अर्थमन्त्री शर्माको भाषण एमालेद्वारा बहिस्कार बस दुर्घटना, पाँच जना घाइते अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म उनको कुरा सुन्दैनौं : भट्टराई यु-२० टिममा स्थान बनाउन डेनमार्कदेखि काठमाडौंसम्मकाे यात्रा अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन जोनसनलाई एकपछि अर्को झट्का, थप दुई मन्त्रीले दिए राजीनामा ४४ वर्षअघि लेखिएको मेसेज फेला परेपछि… असार २६ गते सार्वजनिक विदा चौधरी ग्रुपको स्पष्टीकरणः बजेट निमार्णमा हाम्रो कुनै संलग्नता छैन, छानबिन होस् वीरगञ्ज महानगरले घटायो सम्पत्ति करको दर माओवादी केन्द्रीय समिति बैठक स्थगित सर्वोच्चका दुई महत्वपूर्ण फैसला : वर्षौंदेखिको प्रसारण लाइन निर्माणको अवरोध हट्यो खेर गएको प्लास्टिकबाटै यसरी उत्पादन हुन्छ इन्धन अर्घाखाँचीको सिद्धाराकाे गाउँमा पहिलाेपटक बिजुली पुगेपछि…