January 25, 2021, Monday
२०७७ माघ १२, सोमबार

नेताहरु किन यसो गर्दै छ्न ? के अब बामदेवलाई प्रधानमन्त्री चाहियो ?

459

गुल्मी । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य गोकर्ण बिष्ट सोमबार गुल्मीमा ७० बढी कार्यकर्ता सँग छलफल गरे । सो छलफलमा पार्टीको समिक्षा र प्रशिक्षण कार्यक्रममा कार्यकर्ताहरुबाट रिपोर्टिङ सुरु भयो । पहिलो देखि पाँचौ अगुवा कार्यकर्ता सम्मको पहिलो सवाल थियो हिजो पार्टी एकता के का लागि र अहिले फुट्ने सम्मको किचलो के का लागि ?

पहिलो कार्यकर्ता उठेर त्यही भने र थपे के कुर्ची कै लडाइँ हो ? हामी कार्यकर्ताको मनोभावना बुझ्न पर्दैन ? तल कार्यकर्ता मिलेर बस्ने माथी नेताहरु लड्ने ? को को लाई प्रधानमन्त्री चाहियो ? अब फेरि बामदेवलाइ प्रधानमन्त्री चाहियो र लडाइँ सुरु भयो ? गुल्मीको मदाने गाउँपालिका भित्रको विकास निर्माणबारे समिक्षा कार्यक्रमका लागि पुर्कोटदहको घिउपानीको एक हलमा त्यस भेगका अगुवा कार्यकर्ता बोलाइएको जिल्ला पार्टी सचीव बिरबहादुर कार्कीले बताए ।

तर, रिपोर्टिङ गर्न उठ्नेलाई एक मिनेट समय दिइएकोमा त्यसको अवज्ञा गरि ५ मिनेट सम्म नेता बिष्ट, केन्द्रीय सदस्य दिनेश पन्थी र प्रदेश कमिटी सदस्य बुद्धि जिसि सँग पार्टी एकता कै पक्षमा कार्यकर्ताहरु बोलेका छन् । यो समाचार तयार पार्ने बेला सम्म ५ जनाले प्रश्न गरे । माहोल चर्किन थाले पछि कार्यक्रम सन्चालकले बोल्ने क्रम रोके । दोश्रो व्यक्तिले भने, ‘अहिले विकास सिकासको कुरा चाहिएको छैन, विकास त हिजो पनि गरियो भोलि पनि गरिने छ । अहिले हामिलाई पार्टी एकता चाहिएको छ, पार्टी छ र पो हामी छौं ।’

तेश्रो बोल्ने महिला कार्यकर्ता थिइन । उनले भनिन, ‘हिजो ठूलो सानो पार्टी भनेर केन्द्रका नेताले न हेपौ र सानो थिए भन्नेहरुले पनि ठूलो हो भन्ने सँग झगडा नगाउ । तल हामी एकदम मिलेर काम गरेका छौं । माथी तपाइँहरु जुवा र कुर्चिको लडाइ न लड्नुस । हेर्नुहोला यदि पार्टी फुट्यो भने अर्को चुनावमा यो क्षेत्र ढुक्क हारिन्छ । अर्को चुनावमा कांग्रेसले के भन्ला हामीलाई मुख देखाउन गार्हो हुन्छ ।’

प्रश्न गर्नेहरु ३ जना पुर्व एमाले र २ जना पुर्व माओवादी थिए । पार्टी एकताका पक्षमा स्वर भने एउटै थियो । भन्दै थिए, ‘तल देखि माथीसम्मको हाम्रो सरकारले राम्रो काम गरेको छ । अर्को चुनावमा जनतालाई देखाउने गरि विकास भएको छ तर पार्टी फुट्यो भने जनताले हाम्रो विश्वास गर्ने छैन ।’

त्यसपछि नेता बिष्टले पार्टी कुनै पनि हालतमा नफुट्ने एकता थप मजवुत बनाउने कुरामा विश्वास दिँदै प्रशिक्षण दिई राखे । ‘कमरेडहरु माथी नेताहरु झगडा गरे भन्दैमा तपाईहरु हात बाधेर बस्नुपर्छ र ? हाम्रो पार्टिमा मात्र हो कुर्चीका लागि माथी कांग्रेसमा पनि झगडा छ । माथीका नेताहरु आज झगडा हुन्छ भोलि मिलि हाल्छन् ।’

पछिल्लो अपडेट