January 25, 2021, Monday
२०७७ माघ १२, सोमबार

धनगढीमा भाटभटेनीको २३ औँ स्टोर, १ अर्ब लगानी

2.5K

धनगढीमा निर्माण हुने भाटभटेनीको भवन डिजाइन

बुटवल । नेपालकै ठूलो चेन सुपरमार्केट भाटभटेनी सुपरमार्केटको २३ औं स्टोर सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा हुनेको भएको छ । आफ्नो स्टोर देशभर विस्तार गर्ने अभियानमा लागेको भाटभटेनीले सोमबार सुदुरपश्चिम प्रदेश राजधानी धनगढीको बोराडाडिमा आफ्नो स्टोरको २३ औं शाखाको शिलान्यास गरेको हो ।

काठमाण्डौको भाटभटेनीमा सन १९८४ मा एउटा सटरबाट कोल्ड स्टोरका रुपमा सुरुवात भएकोे यो स्टोर आज नैपालकै एक स्थापित अग्रणी ब्राण्ड भएको छ । यहीँ आउँदो २०७८ फागुनमा सञ्चालनमा ल्याउन गरी धनगढीमामा भाटभटेनीको २३ औँ शाखा शिलान्यास गरिएको भाटभटेनीका सञ्चालक मीन बहादुर गुरुङले जानकारी दिए । भाटभटेनीका सञ्चालक मीन बहादुर गुरुङका अनुसार १५ कठ्ठा जमिनमा १ अर्बको लागतमा ७ तले भनव निर्माण हुने भएको छ।

जसमा २ वटा मल्टीप्लेक्स सिनेमा हल, केएफसीलगायतका क्याफेसहितका संरचना बन्ने भएका छन् । भाटभटेनीबाट यहाँको कृषि, उद्योगमा टेवा पुुग्ने विश्वास लिइएको छ । कम्तीमा साढे २ सय जनालाई रोजगारी प्रदान गर्न सकिने सञ्चालक गुरुङको बताए ।

पछिल्लो अपडेट