ताजा अपडेट »

नेपालमा थप १२५५ जनामा कोरोना संक्रमण, २५ को मृत्यु

आइतबार, १४ मंसिर २०७७, १७ : ०३
2 Shares

बुटवल । नेपालमा थप १ हजार २ सय ५५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २५५ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ भने हाल संक्रिय संक्रमितको संख्या १७ हजार ९०९ रहेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख १२ हजार ५९० जना स‌ंक्रमणमुक्त भएका छन् ।

यस्तै कोरोनाबाट थप २५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २७९ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।