ताजा अपडेट »

गुल्मीबाट सुरुभयो एक पालिका एक अस्पताल अभियान

आइतबार, १४ मंसिर २०७७, १७ : ०३
4 Shares

गुल्मी । गुल्मीको मदाने गाउँपालिकाबाट सरकारले सुरु गरेको एक स्थानीय तह एक अस्पताल निर्माणको अभियान आइतबार शुभारम्भ भएको छ । गुल्मीको हकमा मदाने गाउँपालिका पुर्कोटदहबाट अभियानको पुर्व मन्त्री गोकर्ण बिष्टले शुभारम्भ गरेका छन् । गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका उनले १५ शैयाको अस्पताल शिलान्यास गरी अभियान शुभारम्भ गरेका हुन् ।

१८ करोड लागतमा बन्ने अस्पतालको भवन २ वर्षमा सम्पन्न हुने भएको छ । मदाने गाउँपालिका प्रमुख दानबहादुर केसिले यस आर्थिक वर्षमा एक करोड ४४ लाख संघीय सरकारबाट विनियोजन भएको तर टेन्डर आव्हान १८ करोड कै गरिने बताए । मदानेका उपाध्यक्ष सरिता खड्काले १९ जनाले अस्पताल निर्माणका लागि निःशुल्क रुपमा जग्गा उपलब्ध गराएको बताइन् । जग्गादातालाई पूर्वमन्त्री विष्टले दोसल्ला ओढाएर सम्मान व्यक्त गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।