January 25, 2021, Monday
२०७७ माघ १२, सोमबार

ट्राफिक नियमको सचेतनाका लागि बुटवलमा ‘डमी प्रहरी’

3.2K

बुटवल । सडक शिक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउन बुटवलमा डमी प्रहरी राखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले ट्राफिक सचेतनाका लागि पहिलो पटक भैरहवाबाट सुरु भएको यो अभियान अन्तरगत बुटवलमा डमी राखिएको हो ।

बुटवलका योगीकुटी, राजमार्ग चौराहा र पुष्पालाल पार्क (अस्पताल लाइन) गरी तीन ठाउँमा काल्पनिक ट्राफिक प्रहरी (डमी प्रहरी) राखिएको हो । टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गति नियन्त्रण गर्ने, ट्राफिक नियमको पनि पालना गर्ने भएकाले दुर्घटना हुने सम्भावना पनि कम हुने जिल्ला ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरिक्षक दिवस बहादुर जिसीले जानकारी दिए ।

पछिल्लो अपडेट