ताजा अपडेट »

स्थापना दिवसको पूर्व सन्ध्यामा रक्तदान

आइतबार, १४ मंसिर २०७७, १६ : ४२
6 Shares

बुटवल । रुपन्देही उद्योग संघले आईतबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो ४३ औं स्थापना दिवशको अवसरमा आईतबार रक्तदान कार्यक्रम गरेको हो ।

सो अवसरमा संघका अध्यक्ष बाबुराम बोहोराले संघले आफ्नो स्थापनाको दिवस पारेर हरेक वर्ष विभिन्न खालका रचनात्मक कार्यक्रमहरु गर्दै आएको र हालको विषम परिस्थितिका कारण अन्य कार्यक्रमहरुलाई थाती राख्दै रक्तदान कार्यक्रमलाई निरन्तरता दिइएको बताउँदै सम्पूर्ण रक्तदाताहरुलाई संघको तर्फबाट आभार व्यक्त गरे ।

यस्तै संघका पूर्व अध्यक्ष एवं अध्यक्ष परिषद्का संयोजक सतिशचन्द्र कसौधनले कोभिडको संन्त्रासका बेलामा पनि रक्तदान कार्यक्रम रााखेर उदाहरणीय काम गरेको र रक्तदान जस्तो पवित्र कार्यमा संघको क्रियाशिलता थप बढ्दै जाने विश्वास लिएको बताए । रक्त सञ्चार सेवा केन्द्र बुटवलमा आयोजित रक्तदान कार्यक्रममा कार्यक्रममा ४३ यूनिट रगत संकलन गरिएको थियो । कार्यक्रममा संघका महासचिव जिवकान्त काफ्लेको सञ्चालन र सदस्य अशोक कुँवरले स्वागत मन्तव्य रहेको थियो ।

यसैबीच रुपन्देही उद्योग संघको ४२ औं वार्षिक साधारणसभा तथा ४३ औं स्थापना दिवस– २०७७ सोमबार मनाउने भएको छ । ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ भन्ने नाराकासाथ मनाईने उक्त कार्यक्रम मनाउने भएको हो ।

संघको वार्षिक साधारणसभा सोमबार अनलाइन मार्फत हुने महासचिव जिवकान्त काफ्लेले जानकारी गराए । सो कार्यक्रमको उद्घाटन नेपाल सरकारका अर्थमन्त्री तथा रुपन्देही क्षेत्र नं. २ का सांसद बिष्णु प्रसाद पौडेलले गर्ने तय भएको छ ।

सो अवसरमा संघले संघका संस्थापक तथा पूर्व अध्यक्षज्यूहरुलाई सम्मान र उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार–२०७६ वितरण गर्ने कार्यक्रम रहेको संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।