ताजा अपडेट »

काठमाडौंका लागि उडेको हेलिकप्टरमा चरा ठोक्कियो, आकस्मिक अवतरण

आइतबार, १४ मंसिर २०७७, १५ : ४३
6 Shares

बुटवल । बाग्लुङको गल्कोटबाट काठमाडौंका लागि उडेको हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ । उडिरहेको कैलाश एयरको हेलिकप्टरमा चरा ठोक्किएपछि नुवाकोटको बेलकोटगढी गाँउपालिकामा आकस्मिक अवतरण गरिएको हो ।

चालकको सावधानीका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार पाइलटसहित हेलिकप्टरमा रहेका ६ जना नै सुरक्षित छन् । हेलिकप्टरको अगाडिको सिसा भने फुटेको प्रहरीले जनाएको छ ।

https://www.globalaawaj.com/archives/66572
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।