ताजा अपडेट »

कोरोना अस्पतलामा कपिलवस्तुका एक संक्रमितको मृत्यु

आइतबार, १४ मंसिर २०७७, १४ : ५८
6 Shares

बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा आइतबार एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तुको बाणगंगा नगरपालिका–६ का ५७ वर्षीय पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

मंसिर ५ गते कोरोना पोजेटिभ देखिपछि सोही दिन कोरोना विशेष अस्पतालमा भर्ना भएका ती पुरुषको आइतबार दिउँसो १२ः४५ मा मृत्यु भएको हो । उनमा ज्वरो र स्वासप्रश्वासमा समस्या रहेको अस्पताल प्रशासनले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।