ताजा अपडेट »

बेलायती संसदद्वारा प्रधानमन्त्री मेको बेक्जिट सम्झौताको मस्यौदा अस्वीकार

बुधबार, ०२ माघ २०७५, ०८ : ०१
2 Shares


माघ २,

काठमाडौं । युरोपियन युनियनसँग सम्बन्ध विच्छेद बेक्जिट सम्बन्धी सम्झौताको मस्यौदा बेलायती संसदले अस्वीकार गरेपछि प्रधानमन्त्री टेरेसा मेलाई झट्का लागेको छ ।  

दुई वर्ष लगाएर प्रधानमन्त्री मेले तयार पारेको ईयुसँगको सम्झौताको मस्यौदा बेलायती संसदले अस्वीकार गरेको हो । ईयुसँगको सम्झौताको मस्यौदा संसदमा अस्वीकार हुनु मेका लागि  राजनीतिक असफलता भएको बीबीसीले उल्लेख गरेको छ । 

संसदमा चार सय ३२ मध्ये २ सय २ सांसदले मतदान गरे बहुमत हुने अवस्थामा २ सय ३० सांसदले प्रस्तावको विपक्षमा मतदान गरेका हुन् । 

प्रधानमन्त्रीको प्रस्ताव बहुमतले अस्वीकार गरेका कारण आज संसदमा मेविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने विपक्षी दलले दाबी गरेको छ । 

प्रधानमन्त्री मेविरुद्धको प्रस्ताव पारित भए बेलायत यसै बेला आम निर्वाचनमा जाने बीबीसीले जनाएको छ ।

सम्झौता प्रस्तावमा मार्च २९ पछि २१ महिनालाई संक्रमणकालिन अवस्थाका रुपमा अघि बढ्ने तथा खुला व्यापार नीति अपनाउने सहमती भएको थियो । आगामि मार्च २९ मा बेलायत ईयुबाट बाहिरिने छ ।एजेन्सी  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।