ताजा अपडेट »

पराेपकारको अधिवेशन,स्थानीय सरकारले विशेष चासो दिनुपर्ने

शनिबार, १३ मंसिर २०७७, २० : ४९
6 Shares

बुटवल । पराेपकार संस्था दान विभाग शाखा बुटवलको आठौं तथा जिल्ला शाखा रुपन्देहीको तेस्रो अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ । पराेपकार संस्था दान विभाग शाखाका प्रधान सेवक संधरत्न बज्राचार्यकाे अध्यक्षता तथा लुम्बिनी प्रदेशका सभासद भाेज प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा सांगठनिक प्रतिबेदन पराेपकार संस्था दान बिभाग शाखाका उपप्रधान सेवक गाैतम लाल शाक्यले तथा आर्थिक प्रतिवेदन काेषाध्यक्ष सितु प्रसाद श्रेष्ठले प्रस्तुत गरेका थिए । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि भाेजप्रसाद श्रेष्ठले २०११ सालमा स्थापित यस भेगको जेठो समाजिक संस्थाका रुपमा रहेका यस संस्थाकाे थप गतिशीलता लिनुपर्ने र स्थानीय सरकारले यसको बिकास र संरक्षणमा बिशेष चासो दिनुपर्ने बताए ।

संस्थाका पुर्व केन्द्रीय सदस्य बिमल बहादुर शाक्यले संस्थाको निकै गर्व गर्ने लायक इतिहास रहेकोले नव निर्वाचित पदाधिकारीले थप सक्रियता साथ लाग्नु पर्ने कुरामा जाेड दिए । सचिव राजकुमार श्रेष्ठकाे संचालनमा भएको उक्त कार्यक्रममा केन्द्रीय सदस्य महेन्द्र राजभण्डारी जिल्ला सचिव नरेन्द्र बस्नेत र निर्वाचन आयुक्त प्रेमलाल उदासले समेत संस्थागत हितलाई बढी ध्यानाकर्षण गर्ने जरुरी रहेकोे बताए ।

कार्यक्रममा अधिबेशन पश्चात् भएको निर्वाचनमा सर्वसम्मत रुपमा पराेपकार संस्था दान बिभाग शाखा बुटवल तथा जिल्ला शाखा रुपन्देहीको नयाँ कार्यसमिति गठन गरिएका थियोे । जसमा दान बिभाग शाखा बुटवल तर्फ प्रधान सेवक गाैतम लाल शाक्य,उप प्रधान सेवक राज कुमार श्रेष्ठ , सचिव मदनकुमार श्रेष्ठ, सह सचिव घनकला गाैतन, काेषाध्यक्ष सितु प्रसाद श्रेष्ठ सदस्यहरुमा क्रमश: केशव बहादुर शाक्य, कृष्णकुमारी गाैतम, बिक्रम राजभण्डारी र कल्पना श्रेष्ठ चयन हुन सफल भए।

रुपन्देही जिल्ला कार्य समितिमा अध्यक्ष: महेन्द्र कुमार राजभण्डारी, उपाध्यक्ष नरेन्द्र बस्नेत, सचिव कृष्णप्रसाद गाैतम, सहसचिव तारा गोतम, कोषाध्यक्ष पबित्रा श्रेष्ठ सदस्यहरुमा क्रमशः सुवेन्द्र श्रेष्ठ , लक्ष्मी गाैतम, योगेन्द्र श्रेष्ठ ,साबित्रा नेपाल चयन भए रका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।