ताजा अपडेट »

नेपालमा थप १३८० जनामा कोरोना संक्रमण, १९ को मृत्यु

शनिबार, १३ मंसिर २०७७, १६ : ४०
8 Shares

बुटवल । नेपालमा थप १ हजार ३८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ३८० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ११ हजार १८६ जना स‌ंक्रमणमुक्त भएका छन् । कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४५४ पुगेको छ ।

नेपालमा हाल संक्रिय संक्रमितको संख्या १८ हजार ८३ रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।