१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज शनिबार १ बजे बालुवाटारमा बस्दैछ । आजको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेश हुनेछ ।

यसअघि मंसिर ३ गते बुधबार बसेको सचिवालय बैठक १० दिनपछि पुनः बस्न लागेको हो । यसअघि बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो तर्फबाट बैठकमा प्रस्ताव पेश गरेका थिए । तर सो प्रस्ताव दुवै अध्यक्षको सहमतिमा नआएकाले त्यसलाई आधिकारिक प्रस्ताव भनिएको छैन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सबै तयारी भएको छ । बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रस्ताव पेश गर्दै पार्टीको आगामी कार्यदिशाबारे समेत त्यसमा विषय समेट्ने भएका छन् ।

यसअघि अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावमा उठाइएको प्रश्न तथा आरोपको बुँदागत तथा तथ्यगत जवाफ प्रतिवेदनमा आउने थापाले बताए । उनकाअनुसार प्रतिवेदनमा जवाफमात्र नभई पार्टीले गर्नुपर्ने काम र समस्या समाधानको पहलसमेतको विषय प्रस्तुत हुनेछ । यसअघि बसेको सचिवालय बैठकले १८ गते स्थायी कमिटी बैठक बस्ने मिति तय गरिसकेको छ । त्यस्तै, २५ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । सचिवालय बैठकमा आज अध्यक्ष ओलीको प्रस्ताव पेश भएपछि त्यसमा धारणा राख्न तथा एजेण्डामा छलफल गर्न थप दुई तीन बैठकको आवश्यकता पर्ने नेताहरुको बुझाई छ । -गोरखापत्र अनलाइन

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल आज, नेपाल र लाओस भिड्दै आजदेखि इण्डियन प्रिमियर लिग ‘आईपीएल’