Mar 29, 2023
बुटवल । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोलामा १ हजार रुपैयाँले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुन तोलाको ९१ हजार रहेको छ । मंगलबार पनि सुन तोलामा १ हजार ८ सय रुपैयाँले घटेको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार १ सय ७५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस्