ताजा अपडेट »

सिद्धार्थ सहकारी : करिब ३ करोड सेयर पूँजी,२४ करोड बढी लगानी

शनिबार, ०६ मंसिर २०७७, २० : १६
14 Shares

बुटवल । सिद्धार्थ बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड बुटवलको २१ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । बुटवल९ मिलनचौकमा मुख्य कार्यालय रहेको सहकारीले सेयर सदस्यहरुको भौतिक र भर्चुअल सहभागितामा साधारण सभा सम्पन्न गरेको हो । साधारण सभामा अध्यक्ष रामप्रसाद पौडेलले वार्षिक, लेखा सुपरिवेक्षण समिति संयोजक मित्रलाल गैरेले लेखा र व्यवस्थापक ओमप्रकाश भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदनमाथि सदस्यहरुले सुझाव दिँदै सर्वसहमतीमा पारित गरे ।

२ करोड ९७ लाख ३ हजार ४ सय सेयर पूजी रहेको सहकारीले २४ करोड ६८ लाख ७९ हजार ४ सय ६४ रुपैया लगानी गरेको छ । एक हजार २ सय सेयर सदस्य रहेको सहकारीमा महिला सदस्य ५ सय ५१ जना छन् । सहकारीले कृषि, कुटीर उद्योग, व्यवसाय एवम् सीप प्रवद्र्धनमा लगानी गरेको छ । साधारण सभाको अवसरमा सहकारीले गत एसइईमा उत्कृष्ठ हुने सेयर सदस्यका ३ जना छोराछोरीलाई नगदसहित सम्मानित गरिएको थियो ।

सम्मानित हुनेमा आयूूष खनाल, एलिना मरासिनी, निशान भण्डारी छन् । यस्तै विभिन्न क्षेत्रमा नियुक्त एवं सम्मानित भएको अवसरमा सहकारीका सल्लाहकार डा.खगराज शर्मा, सदस्य वसन्तराज खनाल लगायतलाई पनि सम्मानित गरिएको थियो । सहकारीका सल्लाहकार मोतीराज ज्ञवालीको प्रमुख आतिथ्यता रहेको कार्यक्रम सदस्य सुमन भुसालले संचालन गरेका थिए भने शिक्षा समिति संयोजक शिवबहादुर अधिकारी, सहकारी वीज्ञ डा. खगराज शर्मा लगाएतले सहकारीलाई सबल रुपमा संचालन गर्न सुझाव एवम् शुभकामना दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।