ताजा अपडेट »

एकता हुनु र फुट्नु सृष्टिको नियम हो : उपाध्यक्ष गौतम

शनिबार, ०६ मंसिर २०७७, १९ : ४६
4 Shares

दाङ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले एकता हुनु र फुट्नु सृष्टिको नियम भएको बताए । शनिबार दाङको तुलसीपुरमा भएको पार्टीका नेता तथा कार्यकर्तासँगको भेटमा उनले पछिल्लो समय पार्टी भित्र देखिएका समस्याको विषयमा बोल्दै पार्टी एकता भएपछि फुट्न पनि सक्ने बताए । आफु सधै पार्टी एकताको पक्षमा भएको भन्दै उपाध्यक्ष गौतमलले एकतापछि फुट्नु र जन्मेपछि मर्नु सृष्टिको नियम भएको बताए ।

पार्टी एकता, समृद्ध नेपालदेखि समाजवादको परिकल्पाना आफ्नो सपना भएको बताउदै उनले ६३ सालदेखि पार्टी एकीकरणको पक्षमा रहँदै आएकाले जुटेको पार्टीलाई फुट्न नदिने पक्षमा दरोका साथ मिलाउने पक्षमा रहेको समेत बताए । त्यस्तै आफुले अहिलेसम्म कुनै गुटवन्दी नगरेको दाबी गदैै सबै यतिबेला पार्टी एकताको पक्षमा हुनुपर्ने समेत बताए ।

उपाध्यक्ष गौतम दाङको हापुरमा आफन्तको घरमा व्यक्तिगत भेट्घाटका लागि दाङ आएका हुन् । सो अवसरमा नेकपा दाङका अध्यक्ष टीकाराम खड्काले दाङका सबै नेता र कार्यकर्ता पार्टी एकताको पक्षमा भएकाले एकताको पक्षमा गम्भिरताका साथ लाग्नु आग्रह गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।