ताजा अपडेट »

सम्झनामा लाहुरे बाऊ …

शुक्रबार, ०५ मंसिर २०७७, २२ : ३३
80 Shares

एक सामान्य किसान बुबा–आमाका ८ सन्तानहरु ४ छोरा र ४ छोरीहरु थिए । छोरा मध्येको कान्छो छोरालाई गाउँमा स–साना बच्चाहरु लाहुरे बाऊ भन्ने गर्थे। सामान्य लेखपढ (बाह्रखरी लेख्न र पढन)गर्नसक्ने अवस्थामा भारतीय सेनामा भर्ती हुनुभएका घरढ GR- गोर्खा रेजिमेन्ट) का लाहुरे बाउ झन्डै १७÷१८ वर्षको सेवामा कोट मास्टर हुँदै हवल्दारको उपाधी सहित अवकाश हुनुभएको थियो।लाहुरे बाऊ सामान्य लेखपढभएपनि अङ्ग्रेजी भाषामा अब्बल र हस्तलेखन पनि साहै राम्रो थियो। उहाँको परिवारमा ५ छोराछोरी र अर्धाङ्गिनी हुनुहुन्थ्यो। अवकाश पछिको लाहुरे बाउको जीवन गाउँघरको बसाइँ गाइबस्तु पाल्ने र खेतिकिसान गर्नु उहाँको दैनिकी थियो।साथै सामाजिक कार्यमा पनि सकृय हुनुहुन्थ्यो।

लाहुरे बाउलाई लोभ लालच भन्ने केही थिएन।आफ्नो गुमाउने र अरुबाट केही अपेक्षा नगर्ने स्वच्छ छवि भएका अत्यन्तै हक्की र निडर हुनुहुन्थ्यो। लाहुरे बाउ सिगरेट र चियाको अम्मल धेरै गर्नुहुन्थ्यो। घरमा चिया र सिगरेट पिउनेहरुको भिड नै लाग्ने गर्थ्यो। त्यतिबेला गाउँघरमा चियाको चलन कमै थियो। माछा–मासुमा पनि बढी लगाव थियो। लाहुरे बाउ अन्याय अत्याचारको विरुद्ध लडने मात्रै होइन भौतिक कार्वाही नै गर्नुहुन्थ्यो। हरेक मानिसमा एकाध कमिकमजोरी हुने गर्दछ। त्यतिबेलाका फौजी मानिसहरुमा बिजुलि सर्बत सेवन गर्ने चलन सामान्य मानिन्थ्यो।लाहुरे बाऊको कमजोरी पक्ष यहि थियो।यी सबैकुरा लाहुरे बाऊसङ्गै वर्षको २ पटक पेन्सन लिन गुल्मी सदरमुकाम तम्घास जादा आउदा बाटोमा भेटिएका उहाँकै साथिहरुको सामीप्यता बाट पनि थाहा हुन्थ्यो। गाउँदेखि तम्घास सोल्जरबोर्ड सम्म यातायातको सुबिधा थिएन,पेन्सनको लागि पैदल जानुपर्थ्यो।

यसैगरी दिनचर्या चलिरहेकै थियो।भारतिय सेनाका लाहुरे भएर पनि लाहुरे बाउ बामपंथी बिचार सङ्ग जोडिएर पन्चायती ब्यवस्था विरुद्धको आन्दोलनमा उल्लेख्य सहभागिता रह्यो। बहुदलीय ब्यवस्था पछि गाबिसको चुनावमा एक कार्यकाल पौदी अमराइ –१,बाट थुम बहादुर हितान वडा अध्यक्षको प्यानल–नेकपा मसालका वैधानिकमोर्चा रास्टिय जनमोर्चा)बाट पुरै प्यानल सहित लाहुरे बाउ पनि वडा सदस्यमा निर्बाचित हुनुभएको थियो।परम्रागत संस्कृतिको संरक्षण गर्नुपर्ने उहाँको मान्यता थियो।त्यसैले सदैब भैलो कार्यक्रमको निरंतरताको लागि आफ्नो घरमा बोलाएर हरेक बर्स नचाउने गर्नुहुन्थ्यो।

साथै मसालको सास्कृतिक फाट रक्तिमका गित संगित पनि धेरै रुचाउनुहुन्थ्यो।लाहुरे बाउको ५ सन्तान ४ छोरा र एउटा छोरी मध्य साहिलो र कान्छो छोरा गाउँकै विद्यालयमा पढने गर्थे।अन्य दुई सानै उमेरदेखि अध्यन स्थगित गरि भारततर्फ लागेका र छोरीको बिहे भैसकेको थियो।लाहुरे बाऊ दिनानुदिन बिजुली सर्बतको लतमा फस्नु भएको थियो। दैनिक सर्बतको आवस्यकता पर्ने हुदा गाउँघरमा जनजाति बस्ती बाट ब्यबस्थापन गर्नुपर्ने थियो। ५ लिटर ग्यालेनमा ३/४ माना ल्याउनुपर्ने। ग्यालेन पूरा नभरिएको अवस्थामा कुर्कुरे बालापनको कक्षा ७/८ मा पढने साहिलो छोरालाई पनि कता कता सर्बतको स्वाद लिने उत्सुकता हुनु स्वभाविक नै थियो।

कहिलेकाही एकघुट टुच्च लगाऊ जस्तो लाग्थ्यो।समयको गति संगसंगै अचानक लाहुरे बाउ बिमार हुनुभयो। नेपालका विभिन्न हस्पिटल पाल्पा बुटवल काठमाडौ हुँदैआर्मी हस्पिटल गोरखपुरसम्म पुग्यौ।लामो समयसम्मको औसधि उपचार र निरन्तर औसधि सेवनले स्वास्थमा सुधार हुँदै थियो। पारिबारिक अबस्था पनि सुदृढ हुँदै लाहुरे बाउको पिउने बानी बन्द भैसकेको थियो। शारीरिक रूपमा कमजोर लाहुरे बाउ मानसिक रूपमा बलियो हुनुहुन्थ्यो ।

अब पेन्सन थाप्नको लागि घोडा सवार,डोराएर अथवा बोकेर जानुपर्ने अवस्था भयो। उहाँका दुई छोराहरु साहिलो र कान्छो घरमा भएको र कान्छो छोरा सानो भएको हुदा साहिलो छोराको जिम्मेवारी धेरै थियो।लाहुरे बाउ समतल बाटोमा आफै हिडने तर, उकालो ओरालोमा सास बढने भएको हुदा बोक्नुपर्ने थियो।छल्दी पनाह,अर्खले,तम्घास बजारको उकालो र फर्किदा हलकाटेको उकालो बोक्नुपर्ने प्रक्रिया ६/७ वर्षनै चल्यो। बोकिरहेको अबस्थामा हिड्न सक्ने ल्याकत नहुँदा–नहुँदैपनि बाबू अब म हिड्छु तलाइ अप्ठ्यारो भयो भन्नुका साथै छोरा प्रतिको माया बयान गर्न र कहिल्यै बिर्सन सकिदैन।साहिलो छोरा पनि SLC पास गरेपछि २०५०/२०५१ सालतिर ११/१२ पढनको लागि जनबोध उच्च मा.बि बलेटक्सार रानिबास तिर लाग्यो। अध्यन पूरा नगर्दै भारतको गल्लि गल्लिमा भौतारिन थाल्यो। त्यो(२०५०(२०५४) ३/४वर्षको अवधीम लाहुरे बाउको साहारा कान्छो छोरा बन्यो।लाहुरे बाउको अर्धाङ्गिनी पनि धेरै सेवा सत्कार गर्नुहुन्थ्यो।

अन्ततः २०५४ साल मंसिर ५ गतेको त्यो कालो दिन ५७ वर्षको अल्पायु उमेरमै लाहुरे बाउ मेरो बाबा हवल्दार हेमलाल गिरीको अकल्पनीय निधन भयो। लाहुरे बाउको देहावसान पछि परिवार बिक्षिप्त बन्यो।त्यसैगरी लाहुरे बाउका जेठा दाज्यु स्यामलाल गिरिरजेठी भाउजु हुँदै साहिलो दाज्यु डिला गिरिको पनि स्वर्गबास भयो।उहाँको माइला दाजु सानै उमेरमा स्वर्ग गैसक्नुभएको थियो।यसैगरी एक किसान परिवारका हजुरबाबा जिबलाल गिरिका आठ सन्तान मध्य सात सन्तानहरुको अल्पायुमै देहावसान भैसकेको छ। कुनैपनि सदस्यको चौरासी पूजाको कल्पना पनि सम्भव रहेन। बिडम्बना ८० वर्षसम्म पनि पुग्नुभएन।

साक्षात भगवानरुपि कान्छी छोरी (हाम्री) फूपू (टाहाटिम),साहिलिआमा र मेरो आमा जिवित हुनुहुन्छ।उहाँहरुलाई कोटी– कोटी प्रणाम सहित उहाँहरुको शतक आयुको कामना गर्दछु।लाहुरे बाऊ सहितका सम्पूर्ण बुबा(आमा,तीन फुपुहरु र भर्खरै २०७७ कार्तिक महिनामा आदरणीय दाजु गणेश,यहाँहरु सबै सबैको आत्मको चिर शान्तिको कामना गर्दै हार्दिक हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु। आज मंसिर ५ गते बुवाको स्वर्गारोहणको दिन २४ औं पून्यतिथि बाबाप्रति कोटी–कोटी नमन!!

मानिस सुनकै महल हुँदापनि खुस नहुन सक्छ, हामी लाहुरे बाऊका सन्तानहरु कहिल्यै लाहुरे,भर्ती हुने आट गरेनौ।आज हामीसङ्ग सबै छ,सुन्दर परिवार,घर,धनदौलत आदि इत्यादि तर, बाबाको अभाव खड्किरहेको छ । मलाई अरु केही चाँहिदैन । अन्याय र अत्याचारका विरुद्ध लड्न सक्ने सामर्थ्य चाहिएको छ । आशिर्वाद दिइरहनु बाबा । तपाईंका सबै सकारात्मक पक्षहरु पछ्याउन पाउँ बाबा । - ‘लाहुरे बा’को साइँलो छोरा गोपाल गिरी मुसिकोट नगरपालिका-१, अरेवा गुल्मी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।